Friday, July 10, 2020

How to Deal with Stress and Anxiety of COVID 19? (Dr Baikuntha Raman Subedi, Psychotherapist)

https://www.onlinekhabar.com/2020/06/874786?utm_source=Facebook&utm_medium=FBpage1&fbclid=IwAR2u3iMYAKcHubulKb-qYMtV5zXWDariKwj0Peg4QKhd9k0D8-4NCGzfZJc 

कोरोनाको डर र एन्जाइटी व्यवस्थापनका ११ उपाय

कोरोना संक्रमणको बढ्दो संख्या एवं जोखिमसँगै धेरैमा यसको अस्वाभाविक डर पनि बढ्दै गइरहेको छ । कतिपयमा अन्य शारीरिक समस्याका लक्षणलाई समेत कोरोनाकै लक्षण ठानी त्रसित हुन गएको पाइएको छ ।

एन्जाइटी सामान्यतया डरको कारण अवास्तविक मूल्याङ्कनमा आधारित हुने गर्र्दछ । तिनको मनोवैज्ञानिक समाधानमा यथार्थपरक सोच सबैभन्दा महत्वपूर्ण हुन्छ । तर कोरोना भाइरससँग सम्बन्धित डर वा एन्जाइटी भने केबल सोचका कारण मात्र नभई केही हदसम्म वास्तविक नै हुने भएकोले यस्तो डर नियन्त्रण गर्न कठिन हुन सक्छ ।

यहाँ उल्लेखित उपायहरू यसका लागि अति उपयोगी हुन सक्छ ।

(१) अनुशासित रक्षात्मक उपाय मानसिक शान्तिको प्रमुख आधार

चिन्ता बढी गर्ने व्यक्तिहरूमा पहिले सम्भवतः बचावटको उपायहरूमा हेलचेक्रयाइँ गर्ने र पछि पछुतो गरी अनावश्यक शक्ति एवं ऊर्जा नष्ट गर्ने बानी हुन्छ । यसले रोगविरुद्ध लड्ने क्षमतालाई अत्यन्त कम गरिदिन्छ । कुनै पनि विषय वा समस्याको अधिक सोचाइले त्यस समस्यालाई झन् विस्तार गरिदिन्छ । कोरोना रोकथामको सही उपायलाई स्वचालित वा आदत बनाउनु र यससम्बन्धी सोचलाई बिस्तारै कम गर्दै जानु कोरोना भाइरसको डरलाई कम गर्ने महत्वपूर्ण उपाय हो ।

(२) आफ्नो भावनाहरूसँग नलड्होस, यसरी स्वीकार गरेर अगाडि बढ्नुहोस्

बढी चिन्ता र डर मान्ने व्यक्तिहरूले अन्य मानिसलाई कोरोनाको डरका बाबजुद पनि खुसी र सहज देख्दा आफूमा विशेष कमजोरी छ भन्ने सोच्न थाल्छन् । आफ्नो व्यक्तित्व र भावनालाई आफ्नै शत्रु मान्न थाल्छन् । आफ्नो मानसिक क्षमतामा प्रश्न गर्न थाल्छन् । यसले गर्दा व्यक्तिका भावना र सोच बिस्तारै कोरोनाभन्दा ठूलो शत्रु बन्न पुग्छन् । वास्तवमा केही डर हामीलाई चनाखो बनाउन एवं हेलचेक्रयाइँबाट बचाउन आवश्यक हुन्छ । तपाईंलाई अरूभन्दा बढी डर लाग्छ भने पनि त्यो प्रायः तपार्इंको समग्र व्यक्तित्वसँगै आएको जिम्मेवारीपन एवं सम्वेदनशीलताको फरक रुप हो भनेर यसलाई स्वीकार्नुपर्छ । मनोवैज्ञानिक अध्ययनहरूले तनाव र डरलाई शत्रु नमानी जीवनको सहायक तत्व तत्वको रुपमा स्वीकार गर्नुपर्छ । जसले मानसिक, शारीरिक एवं हर्मोनको स्तरमा सकारात्मक प्रभाव पार्ने गर्छ ।

(३) आत्मविश्वास यसकारण मूल अस्त्र

कोरोनाविरुद्धको औषधि उपलब्ध नभएको हालको अवस्थामा कोरोना संक्रमणसँग लड्ने प्रमुख अस्त्र नै आत्मविश्वासमार्फत प्राप्त हुने रोग प्रतिरोधी क्षमता हो । यही कुरालाई विश्व स्वास्थ्य संगठनले समेत जोड दिँदै आएको छ । सम्मोहन चिकित्सामा गरिएका अध्ययनअनुसार सम्मोहित अवस्थामा विश्वासको आधारमा व्यक्तिले तातो वस्तु चिसो एवं चिसो वस्तु तातो अनुभव गर्ने गरेको पाइएको छ । सामान्य अवस्थामै पनि स्वाभाविक पेयलाई मादक पदार्थ हो भन्ने विश्वास दिलाएर पिउन दिँदा वास्तवमै त्यसलाई ग्रहण गर्नेले मादक पदार्थको रुपमा नै ग्रहण गर्ने गर्छ । यी तथ्यहरूबाट मानसिक अवस्थाले शरीरमा पार्ने प्रभावको सहज अनुमान लगाउन सकिन्छ ।

कोरोनालाई जित्न सक्छु भन्ने गहिरो विश्वासले शारीरिक स्तरमा नै जितका लागि व्यक्तिलाई तयार गर्दछ । विभिन्न प्राकृतिक विपद्हरूमा लामो समयसम्म अविश्वसनीय तबरले बाँच्न सफल व्यक्तिहरूको अध्ययनबाट उनीहरूमा बाँच्न चाहने विशेष कारण, इच्छाशक्ति र आत्मबल नै मृत्यु जित्ने मुख्य कारण हुने गरेको पाइएको छ ।

(४) मानसिक भावना रोज्ने अभ्यास

मनको स्वभावको कारण एउटै समयमा खुसी र डर अनुभव गर्नु सम्भव हुँदैन । रमाइलो लाग्ने कुनै विशेष कार्यमा आफूलाई व्यस्त राख्नु स्वतः डरलाई पर भगाउने उपाय हो । डर, खुसी, दुःख, रिस, चिन्ता, उत्साहलगायतका भावनाहरू हामी सबैलाई चाहेको बेलामा उपलब्ध हुन सक्ने गरी मन मस्तिष्कमा रहेका हुन्छन् । मनोवैज्ञानिकहरूका अनुसार कुन भावनालाई जागृत बनाउने वा रोज्ने भन्ने कुरा एक मानसिक कला नै हो । जुन हामीले विकास गर्न सक्छौं । काउन्सिलिङमा यो सिप सिकाउने गरिन्छ । योग र ध्यानका कतिपय विधिहरू पनि यसमा केन्द्रित हुने गर्छन् ।

(५) सनसनीपूर्ण खबर र ‘नेगेटिभिटी बायस’

उद्विकासका चरणहरूको उपजस्वरुप सकारात्मकभन्दा नकारात्मक विषय एवं अनुभवहरूले मन मस्तिष्कलाई बढी र लामो समय पकडमा राख्ने हुन्छन् । मनोविज्ञानमा “नेगेटिभिटी बायस” भनिने यस असरबाट जोगिन मिडियामा प्रस्तुत भइरहने चिन्ता बढाउने प्रकारका सनसनीपूर्ण एवं मृत्युमा बढी केन्द्रित खबरहरूबाट टाढा रहनु उपयुक्त हुन्छ । आवश्यक अद्यावधिक जानकारीका लागि कुनै एक विश्वसनीय स्रोतबाट दैनिक एक दुई पटक जानकारी लिनु पर्याप्त हुन्छ ।

(६) अन्तिम डरविरुद्ध योजना एवं तयारी

मलाई कोरोना संक्रमण हुनेछैन भन्ने आशा गरेर बस्नुभन्दा सुरुमै कोरोना संक्रमणपछिको लडाइँका लागि व्यक्तिगत एवं पारिवारिक रुपमा विविध पक्षको योजनासहितको तयारीमा रहनु डरबाट सम्हालिने एक प्रमुख उपाय हो । मनोविज्ञानमा यसलाई “वर्स्‍ट केस सिनारियो अप्रोच” भनिन्छ । यस्तो डरको नियन्त्रणमा यो विधि अति प्रभावकारी मानिन्छ । आमव्यवहार विपरीत, डर लुकाउन प्रयास गर्नुभन्दा डरको भित्री कारणलगायतका सम्पूर्ण पक्षको बारेमा परिवारमा छलफल गरी मिलेर तयारी गर्नु सान्त्वना प्रदायक हुन्छ । भावना आदानप्रदान एवं मन खोल्ने अवसर मानसिक रुपमा आफैंमा पनि उपचारात्मक हुन्छ ।

(७) डरको मूल आधारको पहिचान एवं सम्बोधन

सतहमा समान देखिने डरका पछाडि विविध कारणहरू हुन सक्छन् । तदनुसार नै त्यसको समाधान पनि फरक पर्ने हुन्छ । कसैलाई कोरोनाको मूल डर संक्रमणपछि समाजबाट आउन सक्ने हेयभाव वा दुरीको कारणले हुन सक्छ । कोही व्यक्तिलाई आफ्नो मृत्युको डरले भन्दा परिवारको रेखदेखको चिन्ताले बढी सताएको हुन सक्छ । कोही बुज्रुकको चिन्ता मृत्यु नभै मृत्यु संस्कारबाट बन्चित हुन सक्ने सम्भावना हुन सक्छ ।

अरू व्यक्तिको यस्ता डरहरू सुन्दा कतिपयलाई हास्यास्पद लाग्न सक्छ । तर, विश्वविजेताहरूका समेत स–साना विषयमा अस्वाभाविक डर हुने गरेका प्रशस्त उदाहरणहरू छन् । कोही लिफ्ट प्रयोग गर्न डराउँछन् भने कोही सानो किरा, जीव वा वस्तुसँग डराउँछन् । कोरोनाको डरको व्यवस्थापनमा पनि यस्तो विषयमा पनि संवेदनशीलता एवं उचित सम्बोधन आवश्यक हुन्छ ।

(८) तनावका अन्य स्रोतहरू कम गर्नुहोस्

शारीरिक शक्ति एवं स्फूर्तिको मानसिक स्थितिमा सिधा प्रभाव पर्छ । यो महामारीको असामान्य परिस्थितिलाई पराजित गर्नको लागि विभिन्न विषय एवं कार्यहरूलाई प्राथमिकीकरण गरी अतिआवश्यक विषयमा मात्र आफ्ना स्रोत साधन र शक्तिलाई प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । अनावश्यक विषयहरूको धपडी एवं चिन्ताबाट जोगिनु जरुरी हुन्छ । अनिद्रा, खानपानमा हेलचेक्रयाइँजस्ता कार्यले उत्पन्न हुने सामान्य शारीरिक समस्या र असहजताले कोरोनाको डरलाई अनावश्यक रुपमा बढाइदिन सक्छ ।

अहिलेको अस्वाभाविक परिस्थितिमा दूरगामी प्रभाव पार्ने विषयको निर्णयलाई थाँती राख्नु उपयुक्त हुन सक्छ । आर्थिक चिन्ता एवं पारिवारिक तनावबाट जोगिनको लागि पनि सुझबुझपूर्ण व्यवहार, बजेटिङ, व्यवसायमा नोक्सान कम हुने उपाय, भावनात्मक एकता र सेयरिङ एवं सहयोगको आदानप्रदान महत्वपूर्ण हुन्छ ।

(९) तथ्यांक एवं जोखिमको सही विश्लेषण सकारात्मक सोचको आधार

विभिन्न प्राकृतिक विपद् एवं कतिपय रोगहरूमा हामी असहाय हुन्छौं । मृत्युलाई स्वीकार गर्नुबाहेक अरू हामीसँग केही उपाय हुँदैन । तर कोरोना महामारीमा संक्रमणबाट जोगिन र संक्रमणलाई जित्न हामी धेरै कुरा गर्न सक्छौं । यसै तथ्यलाई आधार मानेर समेत हामी प्रकृतिप्रति गुनासोको सट्टा कृतज्ञ भावको प्रयास गर्न सक्छौं । समग्रमा संक्रमणको करिब ५.४% मृत्युदर पाइएको कोरोना महामारीमा संक्रमण नै भइसकेपछि पनि ४५–५४ वर्ष उमेर समूहमा उपलब्ध तथ्यांकअनुसार ०.५ प्रतिशत अर्थात् करिब २०० मा एक जनाको मृत्यु हुने गरेको पाइएको छ ।

२०–४४ वर्ष उमेर समूहको लागि यो दर करिब एक जनाप्रति ८०० हुन आउँछ । नेपालमा धेरै संक्रमितहरू युवाहरू वा कम जोखिम समूह नै छन् । बढी जोखिम हुने जेष्ठ नागरिकलाई घरभित्र वा सामाजिक दुरीमा रहने छनोट सहज हुन सक्छ । केही जोखिम त जीवनमा हरपल लिनु पर्ने नै हुन्छ । यो जीवनको यथार्थ हो । सडक दुर्घटनामा मात्रै पनि एक वर्षमा विश्वभरिमा करिब १३ लाख ५० हजार को मृत्यु हुनेगर्छ । मृत्युको थोरै जोखिमको डरले पलपल तड्पिनु कुनै पनि हिसाबले लाभदायक हुँदैन । परिस्थिति एवं जोखिमको यस प्रकारको विवेचनाको प्रयास अत्यन्त सान्त्वनाप्रद हुने गर्छ ।

(१०) अस्तित्वगत अर्थका लागि आत्मा एवं पुनर्जन्मका मान्यताहरूको विषयमा वैज्ञानिकहरूका नवीन धारणा जान्नुहोस्

मनोवैज्ञानिक समस्याहरूमा आध्यात्मिकताको सकारात्मक भूमिका वैज्ञानिक अध्ययनबाट नै पुष्टि भइसकेको छ । मृत्युको डरको अन्तिम उपाय मृत्युको सम्भावनालाई सहज रुपमा लिन सक्नु नै हो । तर “एक दिन मरिने नै हो क्यारे” भनेर मात्र मृत्युको डर कम गर्न व्यवहारमा भने गाह्रो छ । शरीरभन्दा परसम्म आत्माको अस्तित्व, यसको यात्रा एवं पुनर्जन्मको विषयमा अन्तरहृदयबाट नै विश्वास गर्ने व्यक्तिहरूमा मृत्युको भय कम हुने गरेको पाइएको छ ।

यी विषयहरूमा अहिले धर्म नै नमान्ने वैज्ञानिकहरूको समेत विविध पुस्तक भिडियो एवं अन्य सामाग्रीहरू उपलब्ध छन् । प्रख्यात विश्वविद्यालयहरूमा भौतिकशास्त्री, चिकित्सकलगायतका विज्ञहरू चेतनाको स्रोत, मृत्युको निकट अनुभव, एनस्थेसियाको प्रभावलगायतका विषयको अध्ययनपछि निष्कर्षका कारण अध्यात्मको मूल मर्मसँग नजिकिँदै गइरहेका छन् । विश्वास र अविश्वासको सीमामा आफूलाई नबाँधी यस विषयमा अध्ययन र विवेचना गर्नु मृत्यु र जीवनमा अस्तित्वगत अर्थ भेटाउन अति उपयोगी हुन सक्छ ।

(११) अन्य उपायहरू

श्वासप्रश्वासजन्य व्यायाम (प्राणायाम), योग एवं शारीरिक व्यायाम, प्रकृतिसँगको निकटता, सन्तुलित आहार, रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटीको प्रयोग, यथेष्ट आराम र निद्रा साथै कला एवं मनोरञ्जन वा रुचिको कुनै क्रियाकलापमार्फत सकारात्मक मानसिक व्यस्तता कोरोनाको अस्वाभाबिक डर एवं एन्जाइटी व्यवस्थापनका लागि अति उपयोगी हुन्छ । आपूmले गर्न सक्ने प्रयास वा कर्तव्यवहन पूर्णरुपमा गरेको छु भन्ने कुराको आत्मसन्तोष मानसिक शक्तिको वृद्धिमा अत्यन्त सहयोगी हुन्छ ।

How to Stay Away from Depression? Dr Baikuntha Raman Subedi (Clinical Psychologist)

डक्टर्स आर्टिकल
डिप्रेसनबाट जोगिने १० प्रमुख उपाय
N Cell Ad
Nidan ad

डा बैकुण्ठरमण सुवेदी

नेपाली समाजमा मानसिक समस्या भूत, प्रेत वा अन्य अलौकिक कुराहरुको प्रभावले हुन्छ भन्ने परम्परागत मान्यता व्याप्त थियो। अहिले यस्तो समस्या केवल शरीरका भित्री केमिकलको असन्तुलनले हुन्छ भन्ने अवधारणाले बढी प्राथमिकता पाइरहेको छ। यी दुवै मान्यताको प्रभावले डिप्रेसन लगायतका मानसिक समस्याको रोकथाममा मानिसहरुले आफूलाई निरीह वा भूमिकाविहीन सम्झिने गरेको पाइन्छ। 

डिप्रेसन केवल शरीरका केमिकलहरुको असन्तुलनको परिणाम मात्र नभई व्यक्तिको शारीरिक, मनोवैज्ञानिक, आध्यात्मिक, सामाजिक एवं वातावरणीय पृष्ठभूमिमा जीवनका परिस्थितिहरुले पार्ने प्रभावको अभिव्यक्ति हो।

नयाँ कैयौँ अनुसन्धानको निष्कर्षका अनुसार पनि यदि कोही डिप्रेस्ड छ भने, ऊ पार्टपूर्जा वा केमिकल बिग्रेको मेसिन नभई इच्छा-आकाँक्षा पूरा नभएको एक मानव हो। यसरी डिप्रेसन धेरै कारणको संयोगको फलस्वरुप हुने हुनाले यसको रोकथाममा पनि हाम्रो विशेष भूमिका हुन सक्छ। अर्थात्, शरीरमा डिप्रेसनको जोखिम (भल्नेराबिलिटी) नै छ भने पनि यसलाई ठूलो हुन आवश्यक पर्ने वातावरण वा तत्वहरु नदिएर धेरै हदसम्म रोक्न सकिन्छ। यस्तै विविध कारणहरुले गर्दा आजकल मानसिक समस्यालाई व्यवहारजन्य समस्या भन्नु बढी उपयुक्त हुने अवधारणा समेत विज्ञहरुले अगाडि सारेका छन्। 

डिप्रेसनबाट जोगिने उपाय
जीवनलाई अर्थ र लक्ष्य प्रदान गर्ने

अर्थपूर्ण लक्ष्य पछ्याउनु शारीरिक एवं मानसिक थकानबाट बच्ने प्रमुख उपाय हो। यसको लागि जीवनका आफ्ना घटनाक्रम एवं क्रियाकलापहरुलाई बृहत अर्थ र लक्ष्यको सन्दर्भ (फ्रेमवर्क) मा हेर्ने बानी बसाल्नु पर्ने हुन्छ। उदाहरणको लागि बाटो पिच गर्न खटिने ज्यामीले म यो देशलाई सुन्दर बनाउन योगदान दिइरहेको छु भनेर जीवनलाइ एउटा विशेष अर्थ दिन र आफूमा उत्साह भर्न सक्छ। 

मनोवैज्ञानिक जिम
हजारौंमा गरिएको अध्यनहरुका अनुसार डिप्रेसन प्रायः असहज घटनाहरुपछि सुरु हुने गरेको पाइएको छ। यस कारण जीवनमा आइपर्ने कठिन परिस्थितिसँग जुझ्नसक्ने साहस र कौशलता, विकासका लागि सानो उमेरदेखि नै उमेरसापेक्ष जिम्मेवारी एवं निर्णय लिने साथै परिस्थितिजन्य तनाव सामना गर्ने बानी बसाल्नु जरुरी हुन्छ। यसलाई मनोवैज्ञानिक जिमको रुपमा बुझ्न सकिन्छ। 

‘अपेक्षा अन्तर (एक्सपेक्टेसन ग्याप)’ मा नियमन
मनोवैज्ञानिक सोधहरुबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा दोस्रो हुने भन्दा तेस्रो हुनेको खुसी गुणात्मक रुपमा बढी हुने गरेको पाइयो। यसैगरी, सबैले मासिक तलब ५० हजार पाउने परिस्थितिमा भन्दा अरु सबैले ३० हजार र आफूले ४० हजार पाउने परिस्थितिमा दीर्घकालीन रुपमा खुसी हुनसक्ने गरेको मानव स्वभाव पाइयो। अर्थात् व्यक्ति कति सफल वा सम्पन्न हुन्छ भन्ने कुराले नभई अपेक्षा र प्राप्तिको अन्तरले खुसीको स्तर निर्धारण गर्छ। यसकारण यथार्थपरक अपेक्षा राख्न सिक्नु डिप्रेसनबाट जोगिने महत्वपूर्ण उपाय हो।

‘सामाजिक तुलना (सोसल कम्प्यारिजन)’ को मनोवैज्ञानिक जालबाट मुक्ति
व्यक्ति सधैं दुःखी भइरहने प्रमुख कारण आफूलाई अरुसँग तुलना गर्नु हो। व्यक्तिको प्रकृति, व्यक्तित्व, पारिवारिक वातावरण, रुचि, लक्ष्य, जीवनका मूल्य–मान्यता एवं दृष्टिकोण आदिको कारण दुई व्यक्तिबीचको तुलना अर्थहीन हुन जान्छ। यो कुरा मनन गरेर अरुको सफलतालाई मापदण्ड नमानी आफ्ना वर्तमान लक्ष्य अनुरुपका स–साना उपलब्धिमा पनि रमाउन सिक्नु डिप्रेसनबाट जोगिने अर्को महत्वपूर्ण उपाय हो। 

कसरत एवं योग
डिप्रेसनका बिरामीमा शारीरिक, मानसिक एवं यौनजन्य उत्साह तथा ऊर्जा बढाउनमा प्रमुख भूमिका निभाउने ‘टेस्टोस्टेरोन हर्मोन’ कमी हुने गर्छ। हल्का पसिना आउने गरी दैनिकजसो एक्सरसाइज वा योग गर्नु शरीरमा टेस्टोस्टेरोन हर्मोन बढाउने सबभन्दा सजिलो एवं प्राकृतिक तरिका हो। यो भिटामिन डी र क्याल्सियमको शरीरमा सदुपयोगको लागि पनि आवश्यक हुन्छ। मानसिक स्वास्थ्यमा योगका अन्य बहुआयामिक लाभ समेत हुन्छन्।   

जिंक, म्याग्नेसियम, ओमेगा ३ र भिटामिन डी ३
आहार एवं पोषक तत्वहरुको मानसिक स्वास्थ्यसँगको सम्बन्ध नवीन अध्ययनहरुबाट समेत पुष्टि भएपछि ‘फुड फर थट’ अवधारणा फेरि अगाडि आएको छ। जुन कुराहरु वैदिक ग्रन्थहरुमा समेत उल्लेख थिए। आजकल ‘न्युट्रिसनल साइकियाट्री’ लाई मानसिक समस्या समाधानको नयाँ गन्तव्यको रुपमा हेर्न थालिएको छ। जिंक, म्याग्नेसियम, ओमेगा ३ र भिटामिन डी ३ पाइने आहारहरुको प्रयोग डिप्रेसन नियन्त्रणमा महत्वपूर्ण हुन्छ। 

श्वासप्रश्वासको नियमन
डर, रिस जस्ता सम्वेदनाहरुमा प्रत्यक्ष नियन्त्रण पाउन धेरैलाई कठिन हुन्छ। तर यी सबैको हद निर्धारणमा श्वासप्रश्वासको विशेष भूमिका हुन्छ। अर्थात् साँच्चिकै गहिरो श्वासप्रश्वास पनि लिने र रिसाउने वा अत्यन्त डराउने गर्नु एकै पटक सम्भव हुँदैन। यसरी भावनात्मक नियमनको मूल अस्त्र श्वासप्रश्वास हो। यसैकारण आजकल पश्चिमा मुलुकमा योग र प्राणायाम अति लोकप्रिय भएको छ।

तनावको स्रोत र सम्भावित असरको यथार्थपरक मूल्यांकन
एन्जाइटी र डिप्रेसनका सम्भावित बिरामीमा ससाना तनावको विषयमा समेत यथार्थ भन्दा अति बढी जोखिम ठान्ने र सामना गर्नको लागि आवश्यकता भन्दा अति बढी जीवन ऊर्जा नष्ट गर्ने बानी परेको हुन्छ। उदाहरणको लागि उनीहरुको मनोविज्ञानले साथीसँगको सामान्य झगडालाई समेत जीवन–मरणको विषय जस्तो मानिदिन सक्छ। तनावका स्रोतहरुलाई जोखिम र गम्भीरताको आधारमा मनैमा यथार्थपरक वर्गीकरण गर्ने बानीले शारीरिक एवं मानसिक ऊर्जाको बचत गरी डिप्रेसनबाट जोगाउँछ।

आध्यात्मिकता
व्यक्तिलाई जबसम्म सबै कुरा इच्छाअनुसार प्राप्त हुन्छ, तबसम्म ऊ आफूलाई नै सर्वशक्तिमान सम्झिन्छ। स्वास्थ्य समस्या, वृद्धावस्था वा अन्य कारणले आशक्त हुन थालेपछि बल्ल ऊ जीवनमा र मृत्युमा समेत अर्थ (एक्जिस्टेन्सियल मिनिङ) खोज्न थाल्छ।

असजिला परिस्थिति एवं घटनालाई संकेत, सिक्ने अवसर एवं दिशानिर्देशको रुपमा लिई अगाडि बढ्न वा यिनीहरुमा अर्थ खोज्न आध्यात्मिकताले सहज पारिदिन्छ। जीवनको प्रमुख (मृत्युको) भयबाट मुक्ति, स्वस्थ आहरबिहार, सामाजिक घुलमिल जस्ता माध्यमबाट समेत आध्यात्मिकताले डिप्रेसनबाट जोगाउँछ। मानसिक स्वास्थ्यमा आध्यात्मिकताको भूमिकालाई नवीन वैज्ञानिक अध्ययनहरुले पुष्टि गरेका छन्।

अन्य उपाय
कमसेकम एक जनालाई भावना एवं समस्या सेयर गर्नु, नम्र भाषामा ‘नो’ भन्न सक्नु (एसर्टिभनेस), फुर्सदको लागि कुनै सोख संगीत, नृत्य, कलाको विकास गर्नु, समय व्यवस्थापन (२०ः८० को सिद्धान्त लगायत) र मुस्कानको बानी बसाल्नु डिप्रेसनबाट जोगाउन महत्वपूर्ण मानिएका अन्य उपाय हुन्।

(डा सुवेदी क्लिनिकल साइकोलोजिष्ट हुन्)

https://swasthyakhabar.com/story/30830?fbclid=IwAR0o4LUFnlRP6X1NhZ3o5gcpVwFADqooWPRNVBTgYqUJZCNA2yChHOcMPeI#.XlnU9xW1LWE.facebook 

What is Counselling and Psychotherapy? Dr Baikuntha Raman Subedi (Clinical Psychologist)

डक्टर्स आर्टिकल

काउन्सेलिङ के हो, के होइन? ५ भ्रम र सत्य

सामान्य अर्थमा कसैको समस्या सुनेर त्यस विषयमा सल्लाह वा अर्ति दिनुलाई नै काउन्सेलिङ भन्ने गरिएको छ। तर प्रोफेसनल साइकोलोजिकल (साइकोसोसल) काउन्सेलिङ त्योभन्दा नितान्त फरक कुरा हो, जहाँ सिधा सल्लाह दिने विधि सम्भव भएसम्म प्रयोग गरिँदैन।

परिस्थिति र समय बदलिँदै जाँदा कसैबाट पाएको सल्लाह व्यक्तिको जीवनमा छिट्टै नै असान्दर्भिक बनिदिन पुग्छ, किनकी मानव जीवन र त्यहाँको समस्या आफैंमा बहुआयामिक र जटिल हुने गर्छ। फेरि मानिसको स्वभाव नै अरुको उपदेश सुनिहाले पनि त्यसलाई पटक्केै अबलम्वन नगर्ने गरेको पाइएको छ।

काउन्सेलिङ पारस्परिक वार्तालापको स्थितिमा अगाडि बढाइने यस्तो उपचार वा सहायताको पद्धति हो, जहाँ मनोविज्ञानका सिद्धान्त र सम्वादका स्थापित रणनीतिहरु- आत्मविवेचन, मनोविश्लेषण, भावनात्मक नियमन, सोच परिवर्तन र समस्या समाधान जस्ता उपायहरुमार्फत मानसिक र अध्यात्मिक स्वास्थ्य प्रबर्धन एवं जीवन अनुभुतिलाई थप आनन्दमय बनाउनको लागि प्रयोग गरिन्छ।

काउन्सेलिङमा तटस्थ, जिज्ञासु एवं अन्य विशिष्ट प्रश्नहरुको प्रयोगमार्फत काउन्सेलर प्रायः यस्तो ऐना बन्न कोशिस गर्दछ, जसमा व्यक्ति (क्लायन्ट) आफ्ना व्यवहार, भावना, अनुभूतित, सोच र मानसिक अवस्थाहरुको जीवन लक्ष्यसँग तादाम्य र सामञ्जस्य विवेचना गरी सही निर्णय लिन र स्वस्थ सोच अँगाल्न एवं व्यवहार अबलम्वन गर्न सफल हुन्छ। यसकारण, आमधारणा विपरीत काउन्सेलिङमा क्लायन्टभन्दा काउन्सेलर सामान्यतः कम बोल्ने र बढी सुन्ने गरी क्लायन्टलाई  खुल्ने, समस्या सेयर गर्ने, उपयुक्त निर्णय लिने र सही समाधानको उपायमा अग्रसर हुन सहज लाग्ने वातावरण तयार गरिदिन्छ।

यसरी काउन्सेलिङको मूल लक्ष्य, व्यक्तिको समस्या समाधान गरिदिएर दीर्घकालीन रुपमा परनिर्भर बनाउनुभन्दा पनि क्लायन्टको हालको र भविष्यमा आउनसक्ने यस्ता समस्याहरु आफंै समाधान गर्नसक्ने आत्मविश्वास र कौशलता विकासमा सहयोग गर्नु हो।

काउन्सेलिङको विषयमा सही जानकारी नभएका कारण आज पनि धेरै व्यक्तिहरु नेपालमै उपलब्ध भइसकेका काउन्सेलिङका सेवाहरु समेत लिन नसकी मानसिक स्वास्थ्यसँग सम्झौता गर्दै पीडामा गुज्रन बाध्य भइरहेका छन्। प्रस्तुत छ, काउन्सेलिङसम्बन्धी मुख्य ५ भ्रम र सत्यः

भ्रम १ः काउन्सेलिङ गम्भीर मानसिक समस्या भएका बिरामीको लागि मात्र हो
सत्यः गम्भीर मानसिक समस्या भएका बिरामीमा औषधिको साथमा काउन्सेलिङ वा साइकोथेरापी अत्यन्त लाभदायक हुन्छ। तर अध्ययनहरुले तनावका विविध स्रोत एवं सामान्य मनोसामाजिक समस्याहरु काउन्सेलिङ लगायतका पद्धतिबाट सुरुमा नै समाधान गरे धेरै हदसम्म मानसिक समस्या हुनबाट नै बच्न सकिने देखाएको हुँदा आजकल यो रोगको रोकथाम र मानसिक  स्वास्थ्य एवं खुसीको प्रबर्धनको उपायको रुपमा बढी प्रयोग हुने गरेको छ। यस अर्थमा पनि आजकल साइकोथेरापीभन्दा काउन्सेलिङ शब्द बढी रुचाइने गरिएको छ।

डाइग्नोस्टिक लेबलिङले प्रायः व्यक्तिको मनोविज्ञानमा झन् असजिलो पारिदिने हुँदा काउन्सेलिङमा अति आवश्यक परेमात्र त्यस्तो बिमारको ट्याग प्रयोग गरिन्छ, सम्भव भएसम्म गरिँदैन। काउन्सेलिङ लिनको लागि कुनै अमुक रोग हुनु जरुरी छैन। अर्थात् काउन्सेलिङ कुनै विशेष रोगको उपचारात्मक उपायमात्र नभई जीवनमा कार्यकुशलता, खुसी, एवं बहुआयामिक स्वास्थ्यको साधनको रुपमा आजकल बढी प्रयोग हुने गरेको छ। वैवाहिक सम्बन्धमा परामर्श, पारिवारिक असमञ्जस्यमा परामर्श, ठूला निर्णयमा पुग्न पर्सनालिटी प्रोफाइलमा आधारित परामर्श यस्ता केही उदाहरण हुन्।

भ्रम २ः काउन्सेलिङ लिनु आफ्नो कमजोरी प्रदर्शन गर्नु हो

सत्यः परम्परागत रुपमा नेपाली समाज मर्दले रुनु हुँदैन वा अरुलाई आँसु देखाउनु हुँदैन भन्ने जस्ता मान्यता सिकाएर आँसु झार्नुजस्ता विशिष्ट मानव सम्वेदनाका कुराहरुलाई समेत कमजोरीको रुपमा मान्ने गरेको समाज हो। समस्या एवं सम्वेदनाहरु अरुसँग लुकाउने वा एक्लै झेल्ने कोशिसमा शक्तिको अत्यन्त क्षय हुन गई झन् मानसिक समस्या बढ्ने गरेको अध्ययनबाट पाइएपछि आजकल मानव सम्वेदना लुकाउनमा मानिसहरु अनावश्यक संघर्ष नगरुन् भनी पश्चिमा मुलुकहरुमा ‘पर्मिसन टु बि ह्युमन’ भन्ने जागरण अभियान नै चलाइने गरिएको छ। धेरैको स्वभाव अझै पनि सहयोग लिन वा माग्न लाज मान्ने वा हिच्किचाउने हुन्छ। तर कुनै पनि समस्या जटिल नबन्दै समाधानको पहल गर्नु वा काउन्सेलिङ लिनु कमजोरी नभई झन् साहस देखाउनु हो। पीडित बन्न छोडेर विजेता बन्ने प्रयास गर्नु हो।

भ्रम ३ः मेरो सोचाइको र अन्य समस्या म आफैं व्यवस्थापन गर्न सक्षम छु। मेरा व्यक्तिगत समस्यामा अरुको सहयोगको आवश्यकता छैन

सत्यः तनाव, एन्जाइटी र अन्य विभिन्न मनोवैज्ञानिक समस्यालाई सुरुमा वा सहनसक्ने स्थितिसम्म सामान्य मानी एक्लै जुध्न कोशिस गर्ने वा उपचार नखोज्ने र पछि समस्या बढी भई बल्मिmएपछि फेरि ठिक नहुने बिमारको रुपमा लिई सही उपचार नखोज्ने गरेको कारण धेरैको मानसिक, आध्यात्मिक, शारीरिक स्वास्थ्य एवं कार्यकौशलतामा गम्भीर नकारात्मक असर पर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ। अर्काे अर्थमा यो सोच, शिक्षक वा कसैको सहयोगबिना नै शिक्षा लिने वा कोचबिना नै खेल सिक्ने प्रयास गर्नु जस्तै हो, जुन असम्भव नै त नहोला तर किफायती उपाय भने पक्कै होइन।

भ्रम ४ः मेरो काउन्सेलिङ त साथीभाइसँग वा आफ्नो मान्छेसँग नै हुन्छ
सत्यः साथीभाइ वा आफ्नो मान्छेसँग समस्या सेयर गर्नु वा सहयोगीहरुको सञ्जालमा रहनु अत्यन्त लाभदायक हुन्छ। तर यस प्रकारको सहयोग एवं लाभका सीमाहरु  हुन्छन्। उदाहरणको लागि व्यक्तिको पर्सनालिटी, बौद्धिक क्षमता, सामाजिकीकरण, वर्तमान परिवेश र प्राथमिकताका आधारमा व्यक्तिसँगको रेपोर्ट बिल्डिङ्ग र काउन्सेलिङकोे रणनीति नै फरक पार्नुपर्ने हुन्छ। बढी भावनात्मक व्यक्तिलाई कोग्निटिभ बिहेबियर थेरापी सतही र बन्धनात्मक लाग्न सक्छ। बौद्धिक चुनौती मन पर्ने व्यक्तिलाई ह्युमानिस्टिक विधिहरुमा पट्यार लाग्ने हुन सक्छ।

समस्याका विविध पक्षमा नगई छिटो समाधान चाहनेको लागि सोलुसन फोकस्ड थेरापीका विधिहरु उपयुक्त हुन सक्छन्। साथी वा परिवारको मान्छेले यी कुरा बुझेर काउन्सेलिङ गर्न सम्भव हुँदैन। त्यहाँ, सहयोग प्रायः कुरा सुनेर सुझाव दिनुमा नै सीमित रहन्छ। साथै त्यस्तो सहायतामा गोपनियताको ग्यारेन्टी र सम्बन्ध पनि प्रोफेसनल काउन्सेलिङमा जस्तो कानुनतः र नैतिक रुपमा सुरक्षित हुँदैेन। साथी वा नजिकको व्यक्तिसँग पूर्ण रुपमा खुल्नलाई नै समेत धेरैजसो व्यक्तिलाई अफ्ठयारो लाग्ने गर्छ।

भ्रम ५ः काउन्सेलिङ धनी व्यक्तिले लिने बिलासी सेवा हो

सत्यः पहिलेको फ्रायडियन साइको एनालिसिसमा आधारित काउन्सेलिङ वा थेरापी एकै व्यक्तिको लागि लगातार महिनौँसम्म पनि चल्ने गर्दथ्यो। यसै कारण धेरैले अहिले पनि काउन्सेलिङलाई धनी व्यक्तिले लिने बिलासी सेवाको रुपमा बुझ्ने गरेका छन्। तर आजकल त्यो पद्धतिको प्रयोग अत्यन्तै कम वा नगन्य रुपमा गर्ने गरिन्छ।

ऋाजकलका नयाँ विधिहरुबाट धेरैजसो समस्यामा काउन्सेलिङले औसतमा ४ देखि ८ सेसन (४–८ घन्टामा) नै वा त्योभन्दा छिटो नतिजा दिनसक्ने कुरा अनुसन्धानबाट स्थापित भएको छ। शारीरिक समस्याबाट बच्न हामीले गर्ने विभिन्न परीक्षणको तुलनामा यो त्यस्तो महँगो सेवा होइन। हामीले मानसिक स्वास्थ्य एवं खुसीको विषयलाई कम प्राथमिकता दिनुको साथै यसले प्रदान गर्ने दीर्घकालीन बहुआयामिक लाभका विषयलाई नजरअन्दाज गरेको कारण मात्र त्यस्तो लाग्न गएको हो।

जीवनका ठूला निर्णयहरु, जस्तो अध्ययनको क्षेत्र, पेसा छनोट, वैवाहिक सम्बन्ध जस्ता विषयमा पर्सनालिटी प्रोफाइल र काउन्सेलिङमा आधारित भएर निर्णय लिने हो भने ठूलो पछुतोबाट बच्न सकिन्छ। र जीवनलाई थप अर्थपूर्ण बनाउन सकिन्छ। यसै कारण विकसित मुलुकमा काउन्सेलिङ सेवा अत्यन्त प्रचलित हुँदै गइरहेको छ।

(डा सुवेदी क्लिनिकल साइकोलोजिस्ट हुन्)

 https://swasthyakhabar.com/story/30106?fbclid=IwAR3I0M59gl90GUPvmp0OacLKbkSxfh5iKmTO1sADX4pNAVzbbNapL9AxdEg#.Xf2B5UX8LEQ.facebook

PSYCHOTHERAPY AND COUNSELLING SERVICES by Dr Baikuntha Raman Subedi (Registered Psychologist) https://www.facebook.com/pg/SmartLivingPsychologyNepal/about/?ref=page_internal

Specialized Psychotherapy and Counselling sessions by Registered Psychologists at Smart Living Psychology and Counselling Center, Ring Road Samakhushi Chowk, Kathmandu, 9841269735

Tuesday, February 25, 2020

WHY COUNSELLING AND PSYCHOTHERAPY IS SO IMPORTANT IN DEALING WITH MENTAL ILLNESSES INCLUDING ANXIETY AND DEPRESSION

People with depression or mental  illness are not just machine with broken parts or disturbed chemicals. They are human beings with unmet goals and desires and are struggling hard for happier life   

Monday, February 24, 2020

WHAT IS COUNSELLING AND WHAT IS NOT? 5 MYTHS AND FACTS

डक्टर्स आर्टिकल

काउन्सेलिङ के हो, के होइन? ५ भ्रम र सत्य

डा बैकुण्ठरमण सुवेदी 
सामान्य अर्थमा कसैको समस्या सुनेर त्यस विषयमा सल्लाह वा अर्ति दिनुलाई नै काउन्सेलिङ भन्ने गरिएको छ। तर प्रोफेसनल साइकोलोजिकल (साइकोसोसल) काउन्सेलिङ त्योभन्दा नितान्त फरक कुरा हो, जहाँ सिधा सल्लाह दिने विधि सम्भव भएसम्म प्रयोग गरिँदैन।
परिस्थिति र समय बदलिँदै जाँदा कसैबाट पाएको सल्लाह व्यक्तिको जीवनमा छिट्टै नै असान्दर्भिक बनिदिन पुग्छ, किनकी मानव जीवन र त्यहाँको समस्या आफैंमा बहुआयामिक र जटिल हुने गर्छ। फेरि मानिसको स्वभाव नै अरुको उपदेश सुनिहाले पनि त्यसलाई पटक्केै अबलम्वन नगर्ने गरेको पाइएको छ।
काउन्सेलिङ पारस्परिक वार्तालापको स्थितिमा अगाडि बढाइने यस्तो उपचार वा सहायताको पद्धति हो, जहाँ मनोविज्ञानका सिद्धान्त र सम्वादका स्थापित रणनीतिहरु- आत्मविवेचन, मनोविश्लेषण, भावनात्मक नियमन, सोच परिवर्तन र समस्या समाधान जस्ता उपायहरुमार्फत मानसिक र अध्यात्मिक स्वास्थ्य प्रबर्धन एवं जीवन अनुभुतिलाई थप आनन्दमय बनाउनको लागि प्रयोग गरिन्छ।
काउन्सेलिङमा तटस्थ, जिज्ञासु एवं अन्य विशिष्ट प्रश्नहरुको प्रयोगमार्फत काउन्सेलर प्रायः यस्तो ऐना बन्न कोशिस गर्दछ, जसमा व्यक्ति (क्लायन्ट) आफ्ना व्यवहार, भावना, अनुभूतित, सोच र मानसिक अवस्थाहरुको जीवन लक्ष्यसँग तादाम्य र सामञ्जस्य विवेचना गरी सही निर्णय लिन र स्वस्थ सोच अँगाल्न एवं व्यवहार अबलम्वन गर्न सफल हुन्छ। यसकारण, आमधारणा विपरीत काउन्सेलिङमा क्लायन्टभन्दा काउन्सेलर सामान्यतः कम बोल्ने र बढी सुन्ने गरी क्लायन्टलाई  खुल्ने, समस्या सेयर गर्ने, उपयुक्त निर्णय लिने र सही समाधानको उपायमा अग्रसर हुन सहज लाग्ने वातावरण तयार गरिदिन्छ।
यसरी काउन्सेलिङको मूल लक्ष्य, व्यक्तिको समस्या समाधान गरिदिएर दीर्घकालीन रुपमा परनिर्भर बनाउनुभन्दा पनि क्लायन्टको हालको र भविष्यमा आउनसक्ने यस्ता समस्याहरु आफंै समाधान गर्नसक्ने आत्मविश्वास र कौशलता विकासमा सहयोग गर्नु हो।
काउन्सेलिङको विषयमा सही जानकारी नभएका कारण आज पनि धेरै व्यक्तिहरु नेपालमै उपलब्ध भइसकेका काउन्सेलिङका सेवाहरु समेत लिन नसकी मानसिक स्वास्थ्यसँग सम्झौता गर्दै पीडामा गुज्रन बाध्य भइरहेका छन्। प्रस्तुत छ, काउन्सेलिङसम्बन्धी मुख्य ५ भ्रम र सत्यः
भ्रम १ः काउन्सेलिङ गम्भीर मानसिक समस्या भएका बिरामीको लागि मात्र हो
सत्यः गम्भीर मानसिक समस्या भएका बिरामीमा औषधिको साथमा काउन्सेलिङ वा साइकोथेरापी अत्यन्त लाभदायक हुन्छ। तर अध्ययनहरुले तनावका विविध स्रोत एवं सामान्य मनोसामाजिक समस्याहरु काउन्सेलिङ लगायतका पद्धतिबाट सुरुमा नै समाधान गरे धेरै हदसम्म मानसिक समस्या हुनबाट नै बच्न सकिने देखाएको हुँदा आजकल यो रोगको रोकथाम र मानसिक  स्वास्थ्य एवं खुसीको प्रबर्धनको उपायको रुपमा बढी प्रयोग हुने गरेको छ। यस अर्थमा पनि आजकल साइकोथेरापीभन्दा काउन्सेलिङ शब्द बढी रुचाइने गरिएको छ।
डाइग्नोस्टिक लेबलिङले प्रायः व्यक्तिको मनोविज्ञानमा झन् असजिलो पारिदिने हुँदा काउन्सेलिङमा अति आवश्यक परेमात्र त्यस्तो बिमारको ट्याग प्रयोग गरिन्छ, सम्भव भएसम्म गरिँदैन। काउन्सेलिङ लिनको लागि कुनै अमुक रोग हुनु जरुरी छैन। अर्थात् काउन्सेलिङ कुनै विशेष रोगको उपचारात्मक उपायमात्र नभई जीवनमा कार्यकुशलता, खुसी, एवं बहुआयामिक स्वास्थ्यको साधनको रुपमा आजकल बढी प्रयोग हुने गरेको छ। वैवाहिक सम्बन्धमा परामर्श, पारिवारिक असमञ्जस्यमा परामर्श, ठूला निर्णयमा पुग्न पर्सनालिटी प्रोफाइलमा आधारित परामर्श यस्ता केही उदाहरण हुन्।
भ्रम २ः काउन्सेलिङ लिनु आफ्नो कमजोरी प्रदर्शन गर्नु हो
सत्यः परम्परागत रुपमा नेपाली समाज मर्दले रुनु हुँदैन वा अरुलाई आँसु देखाउनु हुँदैन भन्ने जस्ता मान्यता सिकाएर आँसु झार्नुजस्ता विशिष्ट मानव सम्वेदनाका कुराहरुलाई समेत कमजोरीको रुपमा मान्ने गरेको समाज हो। समस्या एवं सम्वेदनाहरु अरुसँग लुकाउने वा एक्लै झेल्ने कोशिसमा शक्तिको अत्यन्त क्षय हुन गई झन् मानसिक समस्या बढ्ने गरेको अध्ययनबाट पाइएपछि आजकल मानव सम्वेदना लुकाउनमा मानिसहरु अनावश्यक संघर्ष नगरुन् भनी पश्चिमा मुलुकहरुमा ‘पर्मिसन टु बि ह्युमन’ भन्ने जागरण अभियान नै चलाइने गरिएको छ। धेरैको स्वभाव अझै पनि सहयोग लिन वा माग्न लाज मान्ने वा हिच्किचाउने हुन्छ। तर कुनै पनि समस्या जटिल नबन्दै समाधानको पहल गर्नु वा काउन्सेलिङ लिनु कमजोरी नभई झन् साहस देखाउनु हो। पीडित बन्न छोडेर विजेता बन्ने प्रयास गर्नु हो।
भ्रम ३ः मेरो सोचाइको र अन्य समस्या म आफैं व्यवस्थापन गर्न सक्षम छु। मेरा व्यक्तिगत समस्यामा अरुको सहयोगको आवश्यकता छैन
सत्यः तनाव, एन्जाइटी र अन्य विभिन्न मनोवैज्ञानिक समस्यालाई सुरुमा वा सहनसक्ने स्थितिसम्म सामान्य मानी एक्लै जुध्न कोशिस गर्ने वा उपचार नखोज्ने र पछि समस्या बढी भई बल्मिmएपछि फेरि ठिक नहुने बिमारको रुपमा लिई सही उपचार नखोज्ने गरेको कारण धेरैको मानसिक, आध्यात्मिक, शारीरिक स्वास्थ्य एवं कार्यकौशलतामा गम्भीर नकारात्मक असर पर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ। अर्काे अर्थमा यो सोच, शिक्षक वा कसैको सहयोगबिना नै शिक्षा लिने वा कोचबिना नै खेल सिक्ने प्रयास गर्नु जस्तै हो, जुन असम्भव नै त नहोला तर किफायती उपाय भने पक्कै होइन।
भ्रम ४ः मेरो काउन्सेलिङ त साथीभाइसँग वा आफ्नो मान्छेसँग नै हुन्छ
सत्यः साथीभाइ वा आफ्नो मान्छेसँग समस्या सेयर गर्नु वा सहयोगीहरुको सञ्जालमा रहनु अत्यन्त लाभदायक हुन्छ। तर यस प्रकारको सहयोग एवं लाभका सीमाहरु  हुन्छन्। उदाहरणको लागि व्यक्तिको पर्सनालिटी, बौद्धिक क्षमता, सामाजिकीकरण, वर्तमान परिवेश र प्राथमिकताका आधारमा व्यक्तिसँगको रेपोर्ट बिल्डिङ्ग र काउन्सेलिङकोे रणनीति नै फरक पार्नुपर्ने हुन्छ। बढी भावनात्मक व्यक्तिलाई कोग्निटिभ बिहेबियर थेरापी सतही र बन्धनात्मक लाग्न सक्छ। बौद्धिक चुनौती मन पर्ने व्यक्तिलाई ह्युमानिस्टिक विधिहरुमा पट्यार लाग्ने हुन सक्छ।
समस्याका विविध पक्षमा नगई छिटो समाधान चाहनेको लागि सोलुसन फोकस्ड थेरापीका विधिहरु उपयुक्त हुन सक्छन्। साथी वा परिवारको मान्छेले यी कुरा बुझेर काउन्सेलिङ गर्न सम्भव हुँदैन। त्यहाँ, सहयोग प्रायः कुरा सुनेर सुझाव दिनुमा नै सीमित रहन्छ। साथै त्यस्तो सहायतामा गोपनियताको ग्यारेन्टी र सम्बन्ध पनि प्रोफेसनल काउन्सेलिङमा जस्तो कानुनतः र नैतिक रुपमा सुरक्षित हुँदैेन। साथी वा नजिकको व्यक्तिसँग पूर्ण रुपमा खुल्नलाई नै समेत धेरैजसो व्यक्तिलाई अफ्ठयारो लाग्ने गर्छ।
भ्रम ५ः काउन्सेलिङ धनी व्यक्तिले लिने बिलासी सेवा हो
सत्यः पहिलेको फ्रायडियन साइको एनालिसिसमा आधारित काउन्सेलिङ वा थेरापी एकै व्यक्तिको लागि लगातार महिनौँसम्म पनि चल्ने गर्दथ्यो। यसै कारण धेरैले अहिले पनि काउन्सेलिङलाई धनी व्यक्तिले लिने बिलासी सेवाको रुपमा बुझ्ने गरेका छन्। तर आजकल त्यो पद्धतिको प्रयोग अत्यन्तै कम वा नगन्य रुपमा गर्ने गरिन्छ।
ऋाजकलका नयाँ विधिहरुबाट धेरैजसो समस्यामा काउन्सेलिङले औसतमा ४ देखि ८ सेसन (४–८ घन्टामा) नै वा त्योभन्दा छिटो नतिजा दिनसक्ने कुरा अनुसन्धानबाट स्थापित भएको छ। शारीरिक समस्याबाट बच्न हामीले गर्ने विभिन्न परीक्षणको तुलनामा यो त्यस्तो महँगो सेवा होइन। हामीले मानसिक स्वास्थ्य एवं खुसीको विषयलाई कम प्राथमिकता दिनुको साथै यसले प्रदान गर्ने दीर्घकालीन बहुआयामिक लाभका विषयलाई नजरअन्दाज गरेको कारण मात्र त्यस्तो लाग्न गएको हो।
जीवनका ठूला निर्णयहरु, जस्तो अध्ययनको क्षेत्र, पेसा छनोट, वैवाहिक सम्बन्ध जस्ता विषयमा पर्सनालिटी प्रोफाइल र काउन्सेलिङमा आधारित भएर निर्णय लिने हो भने ठूलो पछुतोबाट बच्न सकिन्छ। र जीवनलाई थप अर्थपूर्ण बनाउन सकिन्छ। यसै कारण विकसित मुलुकमा काउन्सेलिङ सेवा अत्यन्त प्रचलित हुँदै गइरहेको छ।
(डा सुवेदी क्लिनिकल साइकोलोजिस्ट हुन्)

प्राप्त प्रतिकृयाहरू

Lila Upreti लेख्नुहुन्छ२०७६ पौष ६ आइतबार ०५:४८ 
I read your article and it is very useful . How can meet you ? Do you have your clinic or address ? Thanks
Sangeeet Neupane लेख्नुहुन्छ२०७६ पौष ५ शनिबार ०८:३४ 
कतिपय अवस्थामा normal मान्छेलाई पनि काउन्सिल को आवस्यकता पर्दछ। समय र परिस्थिति सङै हालको समयमा अरुलाइ सुन्ने अरुको लागि समय दिने अवस्था रहेन केबल भविष्य प्रतिको लोभ ले तानिरहेको छ। यस्तो अवस्था मा हर कोहिलाइ जुन सुकै समयमा काउन्सिल को आवश्यकता पर्ने हुनाले नेपालमा अझै सहजीकरण हुँदै जाओस र आम मानसमा समेत य्स्लाइ सामान्य सोच्ने प्रवृत्ती को समयमै विकास होस।

यसमा तपाइको मत

CAPTCHA Image 

प्रतिकृया दिनुहोस