Friday, April 30, 2021

Australia Award Ceremony : Dr Baikuntha Raman Subedi (Registered Psychologist & Internationally Accredited Counsellor)


 

PREVENTION OF ADDICTION IN ADOLESCENTS: Dr Baikuntha Raman Subedi (Internationally Accredited Counsellor)


किशोरावस्थामा कुलतको जोखिम किन बढी हुछ? कसरी जोगिने?
डा वैकुण्ठरमण सुवेदीशनिबार, चैत २१, २०७७, ०९:३३:००
Nidan ad

प्रख्यात भारतीय अभिनेता सञ्जय दत्तले आफ्नो कुलत (एडिक्सन)को अनुभवको बारेमा भनेका छन्, ‘मैले पहिलो पटक ड्रग्स लिएँ किनकी म पिताजीसँग रिसाएको थिएँ, दोस्रो पटक ड्रग्स लिएँ किनकी मेरी आमा अत्यन्त बिमार हुनुहुन्थ्यो। तेस्रो पटकसम्ममा म एडिक्ट भैसकेको थिएँ।’  

दुर्व्यसनीको समस्यासँग जीवनभर कठोर संघर्ष गरेका यी अभिनेताको अनुभव जस्तै कतिपय किशोर किशोरीहरु लागु पदार्थको दुई चार पटकको प्रयोगमै अनायासै गम्भीर लतमा फस्न सक्ने सम्भावना रहन्छ। 

९० प्रतिशत दुर्व्यसनीहरु किशोरावस्थामा शुरु हुने अध्ययनले देखाएको छ। लागु पदार्थको दुर्व्यसनीले सम्बन्धित व्यक्ति एवं समग्र परिवारको खुशीलाई तहस–नहस पारेका  घटनाहरुको कारण ‘एडिक्सनको सम्भावना’ आजकल अभिभावकको लागि एक प्रमुख चिन्ताको विषय हुने गरेको छ। विविध कारणले किशोरावस्था दुर्व्यसनीको समस्या बल्मिmन सक्ने जोखिमको अवस्था हो। किशोर किशोरीहरु एडिक्सनबाट जोगिन र अभिभावक त्यसमा सहयोगी बन्न केही स्पष्टता र केही उपायहरु प्रभावकारी हुन सक्छन्। 

आम धारणा विपरित, एडिक्सन व्यक्तिको सहज रोजाईको विषय नभई स–साना त्रुटीपूर्ण सोच, निर्णय र व्यवहारबाट सृजित हुन जाने एक करुणादायक परिस्थिति हो, जहाँ व्यक्ति आफुलाई निरीह महसुस गर्न थाल्छ। यसैकारण चिकित्सा बिज्ञानले एडिक्सनलाई अन्य स्वास्थ्य समस्या जस्तै एक बिमारीको दर्जा दिएको छ। जसको उपचारमा अभिभावक, स्वास्थ्यकर्मी र नजिकका व्यक्तिहरुको माया, सहयोग र करुणाभाव अत्यावश्यक हुन्छ। 

किशोरावस्थामा मस्तिष्कको ‘कोग्निटिभ कन्ट्रोल सिस्टम’ को तुलनामा ‘इन्सेन्टिभ रिवार्ड सिस्टम’ छिटो विकसित हुन्छ। जोखिमपूर्ण व्यवहार न्यूनीकरणका लागि अति आवश्यक पर्ने यो नियन्त्रण प्रणालीको असन्तुलित विकासको कारण विवेकपूर्ण निर्णयभन्दा तात्कालिक आनन्दले व्यवहारलाई निर्देशित गर्ने अवस्था हो, किशोरावस्था। कतिपयमा यो असन्तुलन लामो समयसम्म रहन सक्छ।

किशोरावस्था बाल्यावस्थाबाट युवामा पुग्ने ट्रान्जिक्सनको अवस्था हो। शरीरमा एक्कासी बढ्ने हर्माेनको प्रभावका कारण यस अवस्थामा शारीरिक संरचना एवं मनोबिज्ञानमा तीब्र परिवर्तन आउने गर्छ। छोटो समयको विशेष परिवर्तन र यसप्रतिको स्वाभाविक चासोले किशोर किशोरीको शारीरिक र मानसिक चुस्ततामा कमी ल्याउन सक्छ। यस प्रकार बढेर जाने ‘बोरडम’ का साथै परिवार र समाजले अपेक्षा गर्ने भिन्न र परिपक्क व्यवहारको दबाब व्यवस्थापनको लागि कतिपयले लागु पदार्थ लिन सुरु गर्छन्। 

कतिपयले धुम्रपान, मद्यपान र ड्रग्सलाई वयस्कता र ‘स्टाटस’ को स्रोतको रुपमा बुझेका हुन्छन। अन्य कतिपयले मन नपर्दा नपर्दै पनि साथीहरुलाई ‘नो’ भन्न नसक्दा मित्रताको मान राख्न पनि लागु पदार्थ लिन थाल्छन्। 

बावु आमासँग सहज सम्बन्ध नहुनु, पारिवारिक कलह, वाल्यावस्थाको गहिरो मानसिक आघात, अति नियन्त्रण वा अति स्वतन्त्रता लगायतका गलत अभिभावकत्वको शैली, आवश्यकताभन्दा बढी पैसाको सहज उपलब्धता वा त्यसको जानकारी अभिभावकलाई नहुनु किशोरावस्थामा दुर्व्यसनीका अन्य कारणहरु हुन।  

दुर्व्यसनीको समस्या भएका ७६ प्रतिशत व्यक्तिहरुमा कुनै न कुनै व्यवहारजन्य वा मनोवैज्ञानिक समस्या समेत हुने गरेको पाईएको छ। ५२ प्रतिशत व्यक्तिहरु एन्जाइटी, डिप्रेसन वा यस प्रकारको भावनात्मक समस्यासँग संघर्ष गरी रहेका हुन्छन। धेरै व्यक्तिहरु कुनै मनोसामाजिक समस्या झेल्नकै लागि समेत दुर्व्यसनीमा लागेका हुन सक्छन। 

आत्मग्लानी, आत्मविश्वासमा कमी, सामाजिक सीपको कमी, अरुले हेर्ने नकारात्मक दृष्टिकोण र यौन उत्साह घट्दै जाने हुनाले दुर्व्यसनीमा लागेका व्यक्तिहरु समाजमा र विशेष गरी विपरीत लिङ्गीहरुसँग घुलमिल हुन नै लजाउने वा डराउँदै जाने हुन्छन्। उनीहरु समाजमा आफुलाई ‘मिसफिट’ जस्तो अनुभव गर्छन्। उनीहरुलाई अब यो पीडाभन्दा दुर्व्यसनी नै ठिक जस्तो लाग्ने हुन सक्छ। यसै पृष्ठभूमिका कारण दुर्व्यसनीको पूर्ण उपचार जटिल हुने गर्छ। अन्य समस्याहरु समाधान नगरी केवल दुर्व्यसनीमा मात्र केन्द्रित हुने उपचार प्रायः असफल र अधुरो रहन जान्छ।

दुर्व्यसनीलाई बुझ्नका लागि केही सिद्धान्तहरु समेत प्रतिपादन गरिएका छन्। प्रचलित ‘स्टेज थ्योरी’ का अनुसार एडिक्सनको समस्या स्टेज अर्थात् चरणमा विकसित हुने गर्छ। कस्तो होला भन्ने कौतुहलताको कारण समाजले सहज रुपमा लिने चुरोट वा रक्सीको प्रयोगबाट यसको शुरुवात हुन्छ। ‘कोग्निटिभ कन्ट्रोल सिस्टम’ कमजोर भएका व्यक्तिहरुमा अब त्यो गाँजा, चरेस, कोकेन र अन्य ड्रग्सको प्रयोग तर्फ चरणबद्ध रुपमा उन्मुख हुने गर्छ। 

‘गेटवे हाइपोथेसिस’ का अनुसार गाँजाको प्रयोग प्रायः अन्य लागु पदार्थको शुरुवातको आधार बनिदिने गर्छ। अर्थात् यदाकदाको गाँजाको प्रयोग पनि स्व–नियन्त्रण कमजोर भएका व्यक्तिको हकमा जटील दुर्व्यसनीको प्रारम्भिक चरण भनि बुमm्नु पर्ने हुन्छ। 

विशेष प्रयोजन बिना घर बाहिर निस्कि रहनु, कहाँ थिएँ भन्ने कुराको गोलमटोल जवाफ दिनु, आफ्नो कोठाको गोपनीयतामा अचानक बढी संवेदनशील हुनु, व्यक्तिको र कोठाको स्वच्छताको स्तर अचानक घट्नु, परिवारका सदस्यहरुसँग अचानक टाढिनु वा एक्लै रहन खोज्नु, स्कुल अटेन्डेन्स र पढाइको नतिजामा अचानक गिरावट आउनु, स–साना दुर्घटना र चोटपटक बढ्नु दुर्व्यसनीको खतराका सूचकहरु हुन्। दुर्व्यसनीको सम्भावनाको सबैभन्दा महत्वपूर्ण सूचक साथीहरुको सर्कल र संगत हुने कुरा अध्ययनहरुबाट स्पष्ट भएको छ। 

सडक दुर्घटना होस् वा दुर्व्यसनी, समस्याको मूल कारण सीमा बाहिर पुगिसक्दा पनि ‘म नियन्त्रणमा छु’ भनी ठान्ने समस्याजनक विश्वास र सोच हो। कतिपयले ‘कहिले काहीँ त भइ हाल्छ नी’ ‘चाहेको बेला छोड्न सकिहाल्छु नी’ भनी लापरबाही गर्ने हुन्छन्। तर व्यक्तिका सोचहरु विस्तारै शब्दमा परिणत हँुदै जान्छन्। ती शब्दहरुले कार्य र व्यवहारलाई निर्देशित गर्दे जान्छन्। व्यवहार आदत बन्दै जाने हुन्छ र आदतले चरित्र निर्माण गर्छ। चरित्र नै व्यक्तिको जीवन गन्तव्य, भाग्य वा भविश्यको प्रमुख साधन हुन्छ। 

स–साना त्रुटी र लापरबाहीले जीवनमा पार्न सक्ने यस प्रकारको प्रभावको बारेमा हरेक व्यक्ति र खास गरी किशोर किशोरीहरु संवेदनशील हुनु जरुरी हुन्छ। हरेक दिन बिहान उठ्न र चुस्त देखिनुुपर्ने कुनै महत्वपूर्ण कार्य वा लक्ष्य हुनु दुर्व्यसनीबाट जोगिने प्रमुख उपाय हो। किशोर किशोरीलाई दुर्व्यसनीको हानीको बारेमा थाहा हुन्छ। तर उनीहरुले समस्याको हानी अत्यन्त सतही रुपमा मात्र बुझेका हुन्छन्। दुर्व्यसनीको समस्याको बहुआयामिक पक्ष र जटिलता गहिराइमा बझाउनु सकारात्मक उत्प्रेरणा बढाउने र दुर्व्यसनीबाट जोगाउने अर्काे प्रमुख उपाय हो।

लागु पदार्थको अति प्रयोगले ‘इन्सेन्टिभ रिवार्ड सिस्टम’ लाई यस्तो रेसिस्टेन्सको स्थितिमा पुर्‍याईदिन्छ कि अब यसको लागि जीवनका सुखद घटनाहरु पनि अर्थहीन र निराश समान हुन्छन्। प्रेम, रोमान्स, यौन र सफलता जस्ता जीवनका रमाइला विषयहरुले समेत व्यक्तिलाई कुनै खुशी दिन सक्दैन। खुशीको स्रोत केवल पहिलेभन्दा बढी मात्राको लागु पदार्थ हुन पुग्छ। साथै व्यक्तिको दैनिकीको प्राथमिकता नै केवल त्यस पदार्थको प्राप्ति र प्रयोगमा सीमित हुन जान्छ।     

सामाजिक दबाब झेल्ने सीप, भावनात्मक नियमनको सीप, दृढताको सीप, कार्य कुशलतामा वृद्धि र पारिवारिक सम्बन्धमा सौहार्दता दुर्व्यसनी रोकथामका अन्य उपायहरु हुन्। 

आफू प्रतिको धारणा, आत्मसम्मानको जगेर्ना, निर्णय क्षमता एवं समस्या समाधानको सीप विकास साथै, कला, खेल, अध्ययन जस्ता स्वस्थ रुचीहरुको विकास पनि दुर्व्यसनीबाट जोगिनको लागि अति महत्वपूर्ण हुन्छन्।  

सामान्यतया व्यक्तिहरुले आफ्ना केही आधारभूत भावनात्मक आवश्यकताहरु स्वस्थ तरिकाले पुरा हुन नसकेपछि ‘क्विक फिक्स’ अर्थात् सहज उपायको रुपमा लागु पदार्थको प्रयोग गर्ने गर्छन्। त्यस्ता महत्वपूर्ण मानसिक आवश्यकताहरु स्वस्थ तरिकाबाट नै पुरा गर्न सक्षम बनाउनु दुर्व्यसनी रोकथाम र उपचारको मूल सिद्धान्त हो।  

(डा वैकुण्ठरमण सुवेदी क्लिनिकल साइकोलोजिष्ट हुन्। )

Original Link- 

https://swasthyakhabar.com/story/38576?fbclid=IwAR3BSJl98aCq-AI1wbKJyjKzlgBAaqKdCb8lUHPAAhNYF1B_wCsgOKuj05s

 

HOW TO MOTIVATE CHILD FOR STUDY AND ACADEMIC SUCESS ? Dr Baikuntha Raman Subedi (Registered Psychotherapist)


 Original Youtube Link : 

https://www.youtube.com/watch?v=n3cgx6bCDnw

बच्चा पढ्दैनन् ? कारण खोज्नुस्

बालबालिका स्वभावैले जिज्ञासु हुन्छन् । तर, अधिकांश अभिभावकमा आफ्ना बच्चाको पढाइमा रुचि नै छैन भन्ने गुनासो हुने गर्छ । बृहत् अन्तर्राष्ट्रिय अध्ययनअनुसार ४१ प्रतिशत अभिभावक यो विषय समस्याकै तहमा रहेको बताउने गर्छन् । धेरैमा समानजस्तो देखिने यस उत्प्रेरणाजन्य समस्याको पछाडिका कारण भने फरक–फरक हुन सक्छन् । त्यस्ता कारणसँग जुझ्दा–जुझ्दै हतास बनेका अधिकांश बालबालिकाले अभिभावकबाट समस्याको निदान र समाधानमा सहानुभूति अनि सहयोगको सट्टा गाली वा आलोचना पाउने गर्छन् । यसले, उनीहरूको संघर्ष झन् कठिन बन्न पुग्छ । सबभन्दा नजिकको व्यक्तिबाटै जान–अनजानमा हुने त्यस्ता व्यवहार कतिपय बालबालिकाका लागि आत्मविश्वास कमजोर बनाइदिने र हीनताबोध थपिदिने कारण बन्न पुग्छ । फलस्वरूप, धेरैलाई पढाइ पार नपाइने समस्याजस्तो लाग्न थाल्छ । अध्ययन बोझ नभई सुनौलो भविष्यको तयारी हो भन्ने छाप बालबालिकामा पर्ने वातावरण बनाउनुपर्छ । यसका लागि अभिभावकले सुझबुझपूर्ण सहकार्य गर्नु जरुरी हुन्छ ।

‘एक्सपेक्सटेन्सी एन्ड भ्यालु’लगायत उत्प्रेरणाका प्रमुख सिद्धान्तहरूका अनुसार कुनै विषयमा उत्प्रेरित हुने वा नहुने भन्ने कुरा व्यक्तिले फल प्राप्तिलाई दिने महत्व र उपलब्धि प्राप्तिको सम्भावनाको मूल्यांकनमा निर्भर गर्छ । अर्थात्, कुनै पनि काममा लगाव र प्रेरणाको मूल आधार त्यो कार्य ‘किन’ गर्ने भन्ने विषयमा स्पष्ट हुनु हो । तर, बालबालिकालाई अध्ययनमा लगाउनका लागि हामी उनीहरूलाइ ‘के’ र ‘कसरी’ भन्ने पक्षमा बढी केन्द्रित गराउँछौँ । मूल बिषय ‘किन’ भन्ने प्रश्नलाई प्रायः उपेक्षा गरिदिन्छौँ । पढाइ व्यावहारिक जीवनमा कसरी उपयोगी हुन्छ, त्यो स्पष्टस“ग नबुझ्दा बालबालिकाको पढाइमा अपेक्षित रुचि बढ्दैन । र, धेरैलाई आप्mना पढाइको विषय अर्थहीन लाग्न थाल्छ । अभिभावकले आफ्ना बालबच्चालाई राम्रो जागिर र सुविधाजनक जीवनको अर्थमा पढाइलाई बुझाउन कोसिस गर्छन् । तर, त्यसले बालमस्तिष्कमा कुनै विशेष प्रभाव पार्न सक्दैन । किनकि उनीहरूले बुझेको सफलता र देख्ने राम्रो जीवन योभन्दा फरक हुन्छ । उदाहरणका लागि, धेरै बालबालिकाको नजरमा सफल व्यक्ति कुनै प्रसिद्ध खेलाडी वा ‘सेलिब्रिटी’हरू हुने गर्छन् ।

बालबालिकाको रोमाञ्चक उमेर र विकासअनुसारको अलग दुनियाँ हुन्छ । उनीहरूको त्यही दुनियाँको विस्तृत रूप कस्तो हुन्छ होला, त्यहाँ पढाइको कस्तो भूमिका र फाइदा हुनेछ भन्नेमा उनीहरूको कल्पनाशक्तिको प्रयोग गर्न लगाई अध्ययनको सान्दर्भिकता स्पष्ट पार्न प्रयास गर्दा प्रभावकारी हुन्छ । त्यसैगरी, पढाइको खास उद्देश्य परीक्षा नभई जीवन हो भन्ने छाप पार्नुपर्छ । यसर्थ, साना कक्षाहरूमा परीक्षाको नतिजाभन्दा अध्ययन र सिकाइको प्रक्रियालाई प्राथमिकता दिनु जरुरी हुन्छ । उत्प्रेरणा र सिर्जनात्मकताका लागि कतिपय विकसित मुलुकले एउटा निश्चित उमेरसम्म परीक्षै नलिने नीति अख्तियार गरेका छन् ।

अभिभावकले आफ्ना बालबच्चालाई राम्रो जागिर र सुविधाजनक जीवनको अर्थमा पढाइलाई बुझाउन कोसिस गर्छन् । तर, त्यसले बालमस्तिष्कमा कुनै विशेष प्रभाव पार्न सक्दैन । किनकि उनीहरूले बुझेको सफलता र देख्ने राम्रो जीवन त्योभन्दा फरक हुन्छ ।

कतिपय विद्यार्र्थी एकाध असफलता वा अनपेक्षित नतिजामै आफ्नो अध्ययन क्षमतामाथि शंका गर्न थाल्छन् र थप प्रयास गर्नु औचित्यहीन ठान्न थाल्छन् । धेरैजसो बालबालिकाले पढाइका लागि आवश्यक स्मरण शक्ति, बुझ्न सक्ने शक्ति वा ध्यानकेन्द्रित गर्न सक्ने शक्तिमा अत्यन्त अवास्तविक धारणा पालेका हुन्छन् । र, आफूमा जन्मजात कमजोरी छ भन्ने सोच्न पुग्छन् । यस्तोमा अभिभावकका निराश बनाउने अभिव्यक्ति र व्यवहारले थप मलजल गर्छ । बालबालिकाका आदर्शको रूपमा रहेका आमाबुवाको ‘यसले जीवनमा केही गर्न सक्दैन’ जस्ता कठोर टिप्पणी ती कलिला बालबालिकाको अन्तस्करणमा गढ्न जान्छ र त्यो उनीहरूको विश्वास बन्छ । यसरी, प्रयास गरे सफलता प्राप्त गर्न सकिन्छ भन्नेमा विश्वास नहुँदा ‘लर्नड् हेल्पलेसनेस’का कारण अध्ययनमा मन नलाग्ने हुन सक्छ । अर्काेतर्फ, कतिपय विद्यार्थी आफ्नो विशेष क्षमता अन्य क्षेत्रमा छ भन्ने सोच्दै अध्ययनलाई प्राथमिकतामा नै नराख्ने पनि हुन्छन् । 

सूचना प्रविधिको यो युगमा सिकाइका अनेक प्रभावकारी तरिका छन् । अतः विद्यालयस्तरको परीक्षाको नतिजालाई भन्दा उसको सिक्ने प्रयास र सिकाइको प्रक्रियालाई आधार मानेर प्रोत्साहन दिनुपर्छ । साथै, पढाइसम्बन्धी जस्तोसुकै समस्यामा आमाबुबाको साथ र सहयोग छ भन्ने विश्वास दिलाउनु जरुरी हुन्छ । प्रसिद्ध ‘पिग्मेलियन इफेक्ट’का अनुसार आमाबुबा वा शिक्षकले विद्यार्थीको क्षमतामा देखाएको सकारात्मक विश्वास प्रायः सकारात्मक नतिजामा परिणत हुने कारण बन्छ । त्यसैगरी, समस्या समाधानका लागि बालबालिकालाई घरमा अभिभावकले नियमित सिकाइका क्रियाकलाप गराउनु अनि लक्ष्य निर्धारण र मूल्यांकनमा सहयोग, सहकार्य र चासो दिनु जरुरी हुन्छ । अभिभावकले आफ्ना बालबालिकालाई अध्ययन तथा अन्य सबै किसिमका मनका बह र अप्ठ्याराहरू व्यक्त गर्न सहज एवं सुरक्षित वातावरण बनाइदिनु पनि उत्तिकै जरुरी हुन्छ । 

मनोवैज्ञानिक दृष्टिले अध्ययनमा दीर्घकालीन लाभका लागि स्वाभाविक तात्कालिक इच्छामा नियन्त्रण गर्न सक्ने खुबी आवश्यक हुन्छ । मनोवैज्ञानिकहरूका अनुसार व्यक्तिको समग्र सफलता बौद्धिक क्षमताभन्दा बढी ‘ग्रिट’ अर्थात् दीर्घकालिक सोच एवं त्यस सोच वा लक्ष्य प्राप्तिका खातिर लागि पर्न सक्ने खुबीमा निर्भर गर्छ । यसैगरी असफलताको डर, अरूको अगाडि हा“सोको पात्र बनिने डर, लजाउने बानी वा अरूसँग घुलमिल हुन गाह्रो लाग्ने जस्ता परिस्थितिमा भावनात्मक नियमन, स्वनियन्त्रण र तनाव व्यवस्थापनजस्ता उमेरसापेक्ष आधारभूत मनोसामाजिक सीपको पनि आवश्यकता हुन्छ ।

यसप्रकारका क्षमता तथा सीपको कमी पनि कतिपयको विद्यालय जीवन र अध्ययनमा अरुचिको कारण बन्ने गर्छ । यस्ता समस्यामा परिस्थितिको सामना गर्न, समस्या समाधान गर्न र सहने शक्ति बढाउन आमाबाबुले उमेर सुहाउ“दा जिम्मेवारीमा बालाबालिकालाई सरिक गरार्ई व्यावहारिक एवं मनोवैज्ञानिक अभ्यास गराउनु प्रभावकारी हुन्छ । एकातर्फ सामाजिक सञ्जालको बढ्दो प्रभाव र अर्काेतर्फ परिवार अति सानो हुने र कार्यबोझले आमाबाबुले समय नदिने हुँदा बालबालिकाले भावनात्मक घुलमिल हुने यथेष्ट अवसर नै पाउँदैनन् । त्यसैले, विकसित मुलुकमा हिजोआज विद्यार्थीका लागि ‘भावनात्मक साक्षरता कार्यक्रम’ नै सञ्चालन गर्ने गरिएको छ ।  

पारस्परिक संवाद, संवेदनशीलता, यथार्थपरक अपेक्षा र सहयोगको तत्परताजस्ता विशेषता हुने ‘अथोरिटेटिभ अभिभावकत्व’ बालाबालिकालाई उत्प्रेरणा दिने खालको हुन्छ । यसले उनीहरूमा निहित सम्भावनाको प्रस्फुटनमा सघाउ पु-याउँछ । तर, उनीहरूका क्रियाकलापमा वास्तै नराख्ने, डर देखाउने, अति नियन्त्रण वा आवश्यकताभन्दा बढी संरक्षण दिने अभिभावक अनुत्प्रेरणाको स्रोत बन्न पुग्छन् । गल्ती कहिल्यै गर्नुहुँदैन भन्ने मान्यताले पनि बालबालिका नयाँ प्रयास गर्नै डराउने बनाइदिन सक्छ । आमाबुबाको झगडा र अर्काे सन्तानलाई बढी माया (पक्षपात) गर्नुहुन्छ भन्ने भावनाले पनि पढाइमा उत्प्रेरणा कम बनाउन सक्छ । 

यस्ता गल्तीबाट जोगिन घरमा अध्ययनको सकारात्मक माहोल हुनु महत्वपूर्ण हुन्छ । बालबालिकामा अध्ययनको आदत बसाउन अभिभावकले पत्रपत्रिका, किताबलगायत सामग्रीको अध्ययन गरी उदाहरण प्रस्तुत गर्नुपर्छ । घरमा अध्ययनका सामग्री उपलब्ध हुनु अनि पढेका विषयमा छलफल गरिनु पनि प्रभावकारी हुन्छ । अथवा भनौँ, सिकाइका लागि आदेशभन्दा उदाहरण र वातावरण महत्वपूर्ण हुन्छ । 

स्वतन्त्रताको अनुभूतिलाई मनोवैज्ञानिक अध्ययनहरूले उत्प्रेरणाको प्रमुख स्रोत मानेका छन् । साथै पढाइको समयलाई बालबालिकाको सहमतिमा तय गर्नु, अध्ययन सामग्री छनोटमा स्वतन्त्रता प्रदान गर्नु बालबालिकाका लागि प्रेरणादायक हुन्छ । कुनै पनि विधाको ज्ञान वा जानकारी प्राप्तिमा उत्सुकता जागेर अध्ययनको बानी लागेपछि बिस्तारै पढाइलाई आवश्यकतानुसार पाठ्यक्रममा केन्द्रित गर्न सकिन्छ ।

विद्यालयमा शिक्षकसँग तनावपूर्ण सम्बन्ध, साथीसँग झगडा, बुलिङ वा शारीरिक एवं मानसिक हिंसाको सिकार, शिक्षक–शिक्षिकाबाट पक्षपातपूर्ण व्यवहारको अनुभव, आफ्ना कुरा राख्ने अवसरबाट वञ्चित हुनु आदि विद्यार्थी विद्यालय जान नचाहने कारण हुन् । शिक्षक-शिक्षिकाका एकाध कठोर वा निराश पार्ने टिप्पणी नै बालबालिकालाई पढ्न मन नलाग्ने परिस्थिति सिर्जना गर्न काफी हुन सक्छन् । त्यसैगरी, कुनै कारणले केही दिन कक्षा छुट्यो वा कुनै अध्यायमा अस्पष्टता रह्यो भने त्यहीँबाट कमजोर जगको सुरुवात हुन्छ ।

आधारभूत कुरामा स्पष्ट नभई पछिका पाठ पढ्नु वा पढ्न लगाइनु अध्ययनमा मन नलाग्ने अर्काे कारण हो । परम्परागत परीक्षा ज्ञान र सीपभन्दा मूलतः पाठको स्मृतिमा केन्द्रित हुने गर्छ । यसले अन्य पक्षमा राम्रो भईकन पनि स्मरण शक्तिमा कमजोर विद्यार्थीलाई पढाइप्रति विरक्ति लाग्न सक्छ । आमाबाबुले सम्भव भएसम्म हरेक दिन बालबालिकाको विद्यालयमा आजको दिन कस्तो रह्यो चासो राख्नुपर्छ । विद्यालयमा हरेक विद्यार्थीले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण हुनु जरुरी छ । विद्यार्थीको व्यक्तिगत भिन्नता र फरक बौद्धिक क्षमताको यथासम्भव कदर हुने वातावरण निर्माण गरी विद्यालयले गुणस्तरीय वातावरण निर्माण गरिदिन सक्छन् । 

(लेखक क्लिनिकल साइकोलोजिस्ट हुन्) 

ग्राफिकमा प्रयाेग भएकाे फाेटाे  आर्कफ्रिडम डटकमबाट

MARRIAGE AND COUPLE COUNSELLING TIPS: Dr Baikuntha Raman Subedi (Registered Counsellor and Marriage Therapist)

 



श्रीमान्–श्रीमतीबीच झगडा कसरी घटाउने ?

हाम्रो समाजमा ‘श्रीमान्–श्रीमतीको झगडा परालको आगो’ भन्ने उखान प्रचलित छ । सामान्य कुरामै झगडा भई सजिलै साम्य हुने भनेर यसलाई सामान्यीकरण गरिन्छ । तर, समाज बिस्तारै सामूहिक अर्थात् ‘कलेक्टिभिस्टिक’ सोचबाट व्यक्तिवादी अर्थात् ‘इन्डिभिजुअलिस्टिक’ सोचतर्फ अग्रसर हुँदै गइरहेको सन्दर्भमा परालको आगो भयानक डढेलोमा परिणत भएका घटना बढ्दै छन् ।

तात्कालिक व्यक्तिगत सुख, सफलता र खुसी नै सर्वाेपरि मान्ने पश्चिमा संस्कृतिको बढ्दो प्रभावसँगै वैवाहिक सम्बन्धलाई स्थायित्व दिने परम्परागत आधार कमजोर बन्दै छन् । यसैले दम्पतीको झगडा न्यूनीकरण र समाधानमा थप संवेदनशीलता अपरिहार्य छ । 

पारिवारिक बेमेल, झगडा र सम्बन्धविच्छेदले सम्बद्ध व्यक्तिका साथै सन्तानमा दीर्घकालीन मनो–सामाजिक प्रभाव निम्त्याउँछ । सामाजिक सुरक्षा, रोजगार र अन्य आर्थिक अवसरको अवस्था दयनीय भएको हाम्रो देशमा त यस्ता समस्याको प्रभाव अकल्पनीय हुने गर्छ ।

धरातलीय यथार्थ र सामाजिक परिवेश विचार नगरी पश्चिमा ‘माइन्ड सेट’ र विलासी आकांक्षा पाल्ने अनि निराशामा फँस्दै व्यक्तिगत एवं पारिवारिक जटिलता निम्त्याउने हाम्रो सामाजिक समस्या बन्दै छ । नेपाली समाज सोचमा त खुला अनि स्वतन्त्र भएको छ, तर त्यसका लागि आवश्यक आर्थिक एवं अन्य व्यावहारिक तयारीमा खासै प्रगति भएको छैन । 

श्रीमान्–श्रीमतीबीच मनोवैज्ञानिक व्यक्तित्वका हिसाबले भिन्नता हुन सक्छ भन्ने ज्ञात नहुनु वा भएर पनि तदनुरूप व्यवहार गर्न नसक्नु झगडाको बिउ हो । व्यक्तिले विषय, तथ्य एवं जानकारी ग्रहण गर्नुका साथै त्यसको प्रयोग गरी निर्णयमा पुग्ने स्वाभाविक भिन्नताका कारण उनीहरूको रुचि, इच्छा, आकांक्षा, रमाउने तरिका, माया र सम्मानको अनुभव गर्ने तरिका फरक हुन सक्छन् । यसैगरी, तनाव सहने, परिस्थिति झेल्ने, प्रतिक्रिया जनाउने तरिकाका साथै सीप, कला, खुबी, जीवनका मूल्य–मान्यता, प्राथमिकता र लक्ष्य पनि फरक हुन सक्छन् ।

प्रचलित ‘मायर्सब्रिग्स पर्सनालिटी टेस्ट’ले व्यक्तित्वलाई १६ प्रकारमा वर्गीकरण गरी बुझ्ने प्रयास गर्छ । कुनै पनि व्यक्तित्व अर्कोभन्दा राम्रो वा नराम्रो हुँदैन । सबैका आ–आफ्ना सबल र दुर्बल पक्षका साथै विशिष्टता हुन्छन्, अनि फरक महत्वका पनि । सामान्यतः श्रीमान्–श्रीमतीले एक–अर्काको व्यक्तित्वको स्वाभाविक खुबी र कमजोरीमा परिपूरण गर्न सक्नुपर्ने हो, तर वैवाहिक सम्बन्धमा यो व्यक्तित्वमा रहने विविधताको व्यवस्थापन नै समस्याको कारण बन्ने गर्छ । धेरै वैवाहिक सम्बन्ध माया हुँदाहुँदै पनि कलहमा फस्ने गर्छ ।

सामान्यतः पुरुष र महिलामा लामो उद्विकास प्रक्रियाको उपजस्वरूप केही विशेष भिन्नता हुन्छन् । सिकारी युगदेखि दोस्रो विश्वयुद्धसम्मै पुरुष जंगली सिकार वा लडाइँमा जाने अनि महिला वासस्थानमा घर चलाउने जीवन पद्धतिको प्रभावस्वरूप पुरुष हल्का ‘मिसन फोकस्ड’ व्यवहार प्रदर्शन गर्छन् । भावनात्मक संवेदनशीलतामा अलि कमजोर हुन्छन् । महिला भावनाप्रधान, सम्बन्धकेन्द्रित, सेयरिङ–केयरिङ व्यवहारमा कुशल हुन्छन् ।

सानोतिनो कुरामै ‘ओभर रियाक्ट’ गरेको र तिललाई पहाड बनाएको गुनासो पुरुषले महिलाप्रति गर्छन् । यस्तै, महिलामा आफ्नो कुरा पुरुषले नसुनेको, समय नदिएको गुनासो बढी हुने गर्छ । स्वभावैले महिला स–साना कुरामा सँगै रमाऔँ भन्ने चाहन्छन् । ठूलो उपलब्धि हासिल गरी परिवारलाई खुसी पार्न खोज्छन्, पुरुष । संरक्षकको भूमिकाको कदर वा प्रोत्साहन चाहने हुन्छन् । महिलालाई सम्बन्धको दिगोपन एवं आर्थिक भविष्यको सुनिश्चितता बढी महत्वको लाग्ने गर्छ । वैवाहिक सम्बन्धमा माया र सम्मान आदान–प्रदानमा प्रयोग गरिने विधि वा भाषाको व्यावहारिक ज्ञान महत्वपूर्ण हुन्छ ।

प्रख्यात लेखक तथा परामर्शदाता डा. ग्यारी च्यापमेनका अनुसार प्रोत्साहनका शब्द, एक–अर्कालाई समय, उपहार, जिम्मेवारीमा सघाउनु र स्पर्श मायाका मूल भाषा हुन् । हरेकमा यी सबैको केही न केही महत्व भए पनि माया अनुभूत गर्न एक मूल भाषा हुने गर्छ । उनका अनुसार जीवनसाथीको मायाको मूल भाषा के हो भन्ने बुझ्ने कोसिसै नगरी साथीलाई मन पर्नेभन्दा आफूलाई सजिलो लाग्ने मायाका भाषा व्यक्त गर्नु श्रीमान्–श्रीमतीको झगडाको प्रमुख कारण हो ।

कहिलेकाहीँ श्रीमान्–श्रीमतीमा सामान्य झगडा हुनु त्यति गम्भीर समस्या होइन, तर, झगडापश्चात् गल्ती सच्याउने प्रयास नहुनु र ‘सरी’ भन्न नसक्नु भने गम्भीर समस्या हो 

माया मनमै कैद गरेर हुँदैन, साथीले त्यसको अनुभव गर्न पाउनुपर्छ । तारिफ वा प्रोत्साहन मूल भाषा हुनेलाई उपहारले अपेक्षित खुसी नदिन सक्छ । जिम्मेवारी वा काममा सहायता चाहनेलाई स्पर्शले पुग्दैन । एक–अर्काको ‘क्वालिटी टाइम’ चाहनेलाई काममा सहायताले नपुग्न सक्छ । उपहार मूल भाषा हुनेलाई जन्मदिन र वैवाहिक वर्षगाँठमा उपहारसहित माया व्यक्त नगरे अरू कुनै कुराले अर्थ नराख्न सक्छ । माया आदान–प्रदानमा प्रयोग हुने अन्य विधिलाई समेत यिनै पाँच भाषाका स्वरूप मान्न सकिन्छ ।

कैयौँ मनोवैज्ञानिक अध्ययनको निष्कर्षअनुसार दम्पती (प्रेमी–प्रेमिका पनि)बीचको झगडाको अर्काे प्रमुख कारण संवादको शैली हुने गर्छ । संवाद शैलीको कारण दम्पतीहरू स–साना मतभेद एवं व्यावहारिक जटिलताको सही एवं दुवैले जित्ने समाधानमा पुग्नै सक्दैनन् । कुराकानी समस्याको चुरोमा केन्द्रित नभई आरोप–प्रत्यारोपमा सीमित हुन पुग्छ । नवविवाहित दम्पतीको संवादको शैली र व्यवहार अवलोकन गरेर करिब ८० प्रतिशत सफलताका साथ सम्बन्धको भविष्य पूर्वानुमान गर्न सक्ने भनी ख्याति कमाएका मनोवैज्ञानिक जोन गटमेनका अनुसार सम्बन्धमा समस्याका चार प्रमुख सूचक हुने गर्छन् ।

खास गल्ती वा सुधार गर्नुपर्ने पक्षमा केन्द्रित नभई व्यक्ति नै खराब भन्ने भाषा प्रयोग गरिरहनु, होच्याउने वाक्यको प्रयोग, घुर्कीको मात्रा अधिक हुनुका साथै सकारात्मक गुनासो एवं संवादको मात्रा घट्दै जानु सम्बन्धमा दरार ल्याउने प्रमुख तत्व हुन् । अध्ययनका अनुसार कहिलेकाहीँ श्रीमान्–श्रीमतीमा सामान्य झगडा हुनु त्यति गम्भीर समस्या होइन, तर झगडापश्चात् गल्ती सच्याउने प्रयास नहुनु र ‘सरी’ भन्न नसक्नु भने गम्भीर समस्या हो ।

जीवनसाथीका स–साना गल्ती–कमजोरी नजरअन्दाज गर्न सक्नु सफल दाम्पत्य जीवनको विशेषता पाइएको छ । यस्ता दम्पतीमा ‘सायद परिस्थिति नै त्यस्तो पर्न गयो होला’ भनेर साथीलाई दुःखी बनाउने व्यवहार नगर्ने बानी हुन्छ । सुखद वा खुसी तुल्याउने व्यवहारको जस भने व्यक्ति र व्यक्तित्वलाई दिने गर्छन् । तर, कलहमा फस्ने वा विच्छेदतर्फ जाने दम्पतीमा यसको विपरीत सोचाइको प्रधानता पाइन्छ ।

विवाहेतर सम्बन्ध वा त्यस्तो शंका, परिवारका अन्य सदस्यलाई सन्तुलनमा राख्न नसक्नुका साथै आर्थिक संकट गम्भीर झगडाका कारणहरू हुन् । यस्तै, व्यावहारिक विषयमा आपसी छलफलको सहज वातावरण बनाउनु र दुवैलाई मान्य हुने उपाय खोजी त्यसको अवलम्बनका लागि तत्परता देखाउनु सुखद दाम्पत्यको अति महत्वपूर्ण पक्ष हो । दाम्पत्यमा एउटा पक्षले हारेको अनुभव गरे सम्बन्धले नै हार्ने हुन्छ । 
(लेखक क्लिनिकल साइकोलोजिस्ट हुन्) 




Original Link -

https://www.nayapatrikadaily.com/news-details/57847/2021-01-04?fbclid=IwAR0cPO1DfDjkAzBo0Wk8oSac_Bs-NX13nY1o9y9TNF0OHMq10c0_G47Q5y4

Thursday, April 29, 2021

MANAGEMENT OF INSOMNIA: Dr Baikuntha Raman Subedi (Registered Psychotherapist)

 


clgb|fsf] dgf]a}1flgs ;dfwfg

8f j}s'07/d0f ;:f'j]bL

lSnlgsn ;:;ffO{sf]nf]lh:6

 

cWoogx?sf cg';f/ s/La k+}lt; k|ltzt AolStx? clgb|fsf] ;d:ofaf6 h'dmL/x]sf x'G5g . ^( k|ltzt AolStx? slxn]sfxLF clgb|f af6 u'lh|g] ;Defjgf /xG5 . 5f]6f] ;do jf s]xL lbgsf] nflu of] s'/f ;fdfGo / :jeflas dfGg ;lsG5 . t/, o;nfO Aoa:yfkg ug{ ghfGg] jf unt cjwf/0ff agfpg] AolStsf] nflu of] ;d:of cToGt kL8fbfos aGg k'U5 .

clgb|fsf] sf/0f w]/}nfO{  ;'g;fg /ftsf] nfdf] ;do s]an eo, kL8f / 56k6Ldf u'hfg{sf] nflu 5'6\ofPsf] ;hfoFsf] ;do h:tf] nfUg]  x'G5 . sof}Fdf o;n] zf/L/Ls PaF dfgl;s bL3{ ;d:of z'?jftsf]] lrGtf / 8/ k}bf ul/lbGf] x'gfn] ;d:of a9L h6Ln aGg k'Ub5 . clgb|fsf] of] cgk]lIft rs|Ao'xaf6 d'lStsf nflu s]xL s'/fx?df :ki6tf PaF dgf]a}1flgs pkfox? k|efasf/L x'G5g. 

laleGg k|sf/sf :jf:Yo ;d:of, zf/L/Ls kL8f, cf}ifwLsf] k|of]u ;fy} lgb|fnfO{ gsf/fTds ?kdf k|efj kfg{ ;Sg] kl/l:ylt, jftfj/0f Pa+ Aoaxf/sf] sf/0f 5f]6f] ;dosf] nflu clgb|fsf] ;d:of x'g ;Sb5 . t/ o:tf] clgb|f sf/0fsf] ;dfwfg;Fu} l7s x'g] jf l7s x'g] laZjf; sfod /lx/xg] x'gfn] bL3{sflng ;d:of jf lrGtfsf] laifo aGb}g .

o:tf sf/0fx? ge}}sg klg xKtfdf tLg lbg eGbf a9L / Ps dlxgf;DDf clgb|fsf :j?kx? /xL /x] dfq To;nfO{ lrlsT;sLo auL{s/0fdf æclgb|fsf] ;d:ofÆ dfGg] ul/G5 .

h6Ln ;d:of aGGf] clgb|fdf z/L/ t la>fddf hfG5 t/ dg la>fddf hfg ;Sb}g . o:tf] ;d:of klg k|foM s'g} c;xh kl/l:ylt jf lrGtfsf] sf/0f /fqLdf lgb|f gnfUg'af6g} z'?jft x'G5 . To;kl5 :jefjtM sdL ePsf] lgb|f k'/f ug]{ dg;fon] xfdL csf{] lbg lbp;f]df s]xL ;do ;'T5f}F . t/, /fqLdf km]/L lgb|f kb}{g .

ca, oxfFaf6 clgb|fsf] eofgs 8/ / lrGtf z'?jft x'G5 .cfh klg lgbfpg ;lsg eg]F< o:t} c;xh ;w}F e} /Xof] eg] <hLage/ cf}ifwL vfg' kg{] eof] eg] <

;d:ofsf] d"n ;|f]t jf kl/l:ytL s]xL ;dodf ;dfwfg x'g klg ;S5 . t/ clgb|fsf] lrGtf / 8/n] dg dlitisnfO{ o;/L lgoGq0fdf lng k'U5sL ca AoStL cf]5\ofgdf cf/fdsf] cg'e'lt ug{} g;Sg] l:yltdf k'U5 .

lgb|f laifosf cg';Gwfgstf{x?sf cg';f/ clgb|fsf] h6Ln / bL3{sflng ;d:of ;dfwfg jf pkrf/sf] d"n /0fgLlt ætgfj Aoa:yfkg Pj+ clgb|fsf] lrGtf / 8/ af6 d'StLÆ x'g] ub{5 . ;fy} o;sf] ;xfos /0fgLlt æl:nk xfOhLgÆ cyf{t lgb|f pkfof]uL Aoaxf/sf] cfbt lasf; xf] .

sof}F t'ngfTds a}1flgs cWoogx?sf] lgZsif{sf cg';f/ clgb|fdf tfTsflns ?kdf cf}ifwL k|efasf/L eP klg bL3{sflng ;d:of ;dffwfgdf cf}ifwL eGbf Aoaxf/ / ;f]r kl/at{g Pj+ tgfj Aoa:yfkgdf s]lGb|t x'g] sfpG;]lnË nufotsf pkrf/ a9L k|efjsf/L x'Gf] kfO{Psf] 5 . 

s'g} g s'g} k|sf/n] clgb|fsf] lrGtf / 8/sf] d"n ;|f]t AolStnfO{ cf7 306fsf]] lgb|f cfaZos k5{ eGg] Ps ;sf/fTds ;fdfGo l;BfGtnfO{ csf6\o Pa+ ckl/at{gLo tYosf] ?kdf lng'g} x'g] u/]sf]] 5 . ;fdfGo cy{df of] s'/fdf ;Totf eP klg AoStL–AoStL lar cGo s'/fx?df lalawtf ePh:t} lgb|fsf] cfaZostf Pa+ Tof] k'lt{ x'g] tl/sfdf klg lalawtf x'g' :jefljs x'G5 . laleGg r/0fdf k'/f x'g] lgb|f k|s[ofdf jf:tjdf ;dosf] eGbf a9L dxTj lgb|fsf] u'0f:t/sf] x'g] ub{5 .

/fd|f] lgb|fdf km/s km/s e'ldsf ePsf æ/]d l:nkÆ / æ:nf] j]e l:nkÆ sf] ;xL dfqf Pj+ tfnd]n x'g] ub{5 . pbfx/0fsf] nflu l8k|];gsf la/fdLdf æ/]d l:nkÆsf] dfqf c:jefljs ?kdf a9L x'g] x'Fbf b; 306f eGbf a9L lgbfpFbf klg z/L/ / dg r':t aGg ;Sb}g . lgb|f gk'u] h:tf] nfUg] x'G5 . csf{] tkm{ Wofg cyf{t æd]l86];gÆ ug{] AoStLx? æ:nf] j]e l:nkÆsf] laz]if nfebfos r/0fdf ctL l56f] k'Ug ;Sg] x'gfn] yf]/} ;do lgbfP/} klg k"0f{ ?kdf :km'lt{sf] cg'ej ug{ ;Sb5g .  

bL3{sflng clgb|fsf] pkrf/ k|s[of ;d]t ;'Tg] ;do 36fP/ eP klg æl:nk Olkml;oG;LÆ a9fpgdf s]lGb|t /xG5, tfsL la:t/f t8\kLg] 7fpFsf] kof{o gagf];. w]/}nfO{ of] z'?df la/f]wfefif h:tf] nfUg] ;d]t x'g ;S5 .  

æa|flhnsf] lk/xfÆ nufotsf cflbaf;Lx?sf] cWoog, bL3{sflns æ;6{ l:nk/Æ / pgLx?df kfOg] cg'afFlzs pTkl/at{g, PaF s]an s]xL 306f ;'Tg] u/]sf laleGg AolStx?sf]] cWoogaf6 sltko a}1flgsx?n] cf7 306fsf] lgb|f cfaZos kg{] k/Dk/fut dfGotfnfO{ g} r'gf}tL lbPsf 5g .

k|l;4 a}1flgs lgsf]nf 6]:nf, k]K;Lsf]sL sfo{sf/L k|d'v OlGb/f g'O{, ofx'sf] sfo{sf/L /x]sL d]l/;f d]o/, ef/tLo k|wfgdGqL g/]Gb| df]bL s]xL 306fdfq ;'Tg] æ;]lna|]6L Æ sf] ?kdf ;d]t kl/lrt 5g . 

clxn]sf] cToflws Ao:t hLag z}nLdf ;dosf] art / pTkfbsTj a9fpgsf] nflu sltko Ao:t AoStLx?n] /ftLdf cf7 306fsf] nfdf] lgb|fsf] ;6\6f tLg b]vL rf/ 306fsf] /fqLsf] lgb|f / lbgdf rfln; ldg6 b]vL Ps 306fsf] ;donfO{ Ps jf b'O{ laz]if lgb|f jf ækfj/ GofkdfÆ afF8]/ ;d]t k'/f ug{] u/]sf] kfOPsf] 5 .

o;nfO{ a}1flgs efiffdf ækf]lnkm]lhs l:nkÆ elgG5 . o:tf] lgb|f k|of]u ug{] AolStx?sf cg';f/ afgL k?Gh]n s]xL ;do c;lhnf] x'g] ePtfklg cfbt ag]kl5  pgLx? cf7 306fs} lgb|f ;dfg r':t /xg] ub{5g\ .

ækf]lnkm]lhs l:nkÆ k/Dk/fut lgb|f hlts} nfebfos x'g ;S5 eg]/ a}1flgs ?kdf k'li6 e};s]sf] 5}g . t/, /ftLdf /fd|f] ;Fu lgbfpg g;s]sf] sf/0f lbp;f]df s]xL ;do ;'t]kl5 klg cfFkm' clgb|fsf] sf/0f bL3{sflng uDeL/ ;d:ofdf km:5' eg]/ cToGt lrGtfdf /xg] AolStx?sf] nfuL Tof] 8/ / lrGtf lhTg eg] of] tYo pkof]uL x'g ;S5 .

 o;/L, lbgdf klg ;'Tg] AoStL sxLF g sxLF ækf]lnkm]lhs l:nkÆsf] Ps :j?k k|of]u u/L/x]sf] x'G5 hxfF cf7 306fsf] ;dosf] lx;fj TotL dxTjk"0f{ x'Fb}g .

cl3Nnf] /ftsf] lgb|fsf] tLa| cefj k"lt{df æz"Id lgb|fÆ jf cGo tl/sf dfkm{t z/L/n]] a9L ;s|Lo k|of; ;d]t u/L/x]sf] x'G5. o;/L, lbp;f]sf] 5f]6f] lgb|fn] ;d]t csf{] /fqLdf lgb|f gkg{] ;Defjgf a9\g] x'gfn] clgb|fsf] bL3{sflng ;d:ofdf cfd cg'dfg lak/Lt lbgdf / laz]if u/L ;fFdmkv g;'Tg] ;Nnfx lbg] ul/G5 .

cd]l/sL ;]gfsf AolStx?n] o'4 / ldzgdf lgb|f gk'u]sf] sf/0f uDeL/ uNtLx? u/]sf] kfOPk5L h:tf];'s} c;lhnf] kl/l:ytL jf aftfa/0fdf klg 5f]6f] ;dodf lgbfpg ;Sg] lawL lasf; u/L pgLx?df k|of]u ug{] u/LPsf] 5 .

o; lawLdf d"ntM 6fpsf] b]vL v'6\6f ;Dd s|d};Fu z/L/sf dfFzk]zLx?nfO{ ;Fs'lrt ug{] PaF lzlyn ug{] k|s[of  ul/G5 . ulx/f] nfdf] Zjf;k|Zjf; ;Fu} ul/g] of] Aoal:yt k|s[of z/L/ / dgnfO{ la>fddf n}hfg ctL k|efjsf/L kfO{Psf] 5.

of] ;Fsf]rg / lzlyntfsf] k|s[of ;lsP k5L dg Zjf; k|Zjf;df s]lGb|t u/L Wofgsf] ca:yfdf /xg sf]lzz u/LG5 . nfdf] ulx/f] Zjf; / æl/NofS:8Æ z/L/nfO{ 8/fpg] / lrlGtt dgn] klg ;a}s'/f l7s 5 eGg] ;Fs]tsf] ?kdf lng] ub{5 .

 ^ xKtfsf] lgoldt cEof; kZrft (^ k|ltzt AolSt of] lawLaf6 s]xL ldg6d} lgbfpg ;Sg] bfaL ul/Psf] 5.   

clgb|fsf] csf{] Pp6f k|d'v sf/0f xfd|f] Aoaxf/ jf ls|ofsnfkn] z/L/sf] cfEofGt/ h}las 38L cyf{t æ;sf{l8og afof]nf]lhsn SnsÆ nfO{ e|ldt ul/lbg' xf] . o:tf] 38L d"ntM xfd|f] ls|ofsnfksf] cg's|d cyf{t æKof6g{Æ  sf] cfwf/df dlitis PaF lalaw tGt'x?n] ug{] cg'dfgdf lge{/ /xG5 . o;sf/0f clgb|fsf] ;d:ofdf ;'Tg] / p7\g] ;do h'g;'s} kl/l:ytLdf klg ;Fw} Pp6} x'g' ctL dxTjk"0f{ dflgPsf] 5 .

æafof]nf]lhsn SnsÆ lgodg ug{] æd]nf6f]lggÆ nufotsf xdf{]gsf] nflu laxfgdf sd;]sd cfwf 306f ;"o{sf] k|sfzsf] l;wf ;F;u{df /xg' cfaZos x'G5 .  ;fy}, /ftL  ;'Tg' cuf8L df]jfOn, 6]lnlehg, Nofk6k h:tf pks/0fn] lgsfNg] ægLnf] k|sfzÆ af6 hf]lug' klg csf{] dxTjk"0f{ kIf xf] .

;"o{ c:t / pbo:fFu} jftfj/0fLo tfks|ddf x'g] kl/at{gnfO{ ;d]t z/L/n] lgb|fdf hfg] / p7\g] ;Fs]tsf] ?kdf lng] ub{5 . cyf{t, ;"o{ c:tsf] s]xL 306f k5L ha jftfj/0fsf] tfks|d 36\g z'? x'G5 Tof] z/L/sf] nflu lgb|fdf hfg] ;Fs]t x'g] u5{ . clgb|fsf]  bL3{ ;d:ofdf o:tf :jefljs ;Fs]tx?nfO{ Kflg k|efjsf/L ?kdf pkof]u ug{] /0fgllt agfpg' kg{] x'G5 .

clgb|fsf] ;d:of ePsf AolStx? /ftLdf w]/}k6s 38L x]g{] PaF lgbfpg g;s]sf] ;dosf] laifodf larf/ u/L ql;t x'g] ub{5g\ . o;af6 hf]lug ;'Tg] sf]7fdf 38L jf ;do b]vfpg] pks/0fg} g/fVg' ;d]t k|efjsf/L x'g] kfOPsf] 5 .

o;}u/L, ;'Tg] ;do eGbf tLg rf/ 306f cuf8L z/L/ yfSg] u/L Aofofd ug{', ;fFdmdf xNsf vfgf vfg' / lrof, skmL /S;L h:tf k]o ;]ag gug{' nfebfos x'G5 . /S;L / lgb|f nufpg] cf}ifwLn]  lgb|fdf hfg d4t u/] klg lgb|fsf] u'0f:t/ /fd|f] gx'g] cWoogn] b]vfPsf] 5 .

;'Tg' eGbf Ps 8]9 306f cuf8Lsf] ;do dg / z/L/nfO{ zfGt, l:y/ Pj+ ;sf/fTds aGg ;xof]u ug{] ls|ofsnfkx?df latfpg' klg clgb|fsf] ;d:of ;dfwfgsf] csf{] dxTjk"0f{ kIf xf] . 


https://www.setopati.com/blog/221917?fbclid=IwAR15MyCxisNJ7rVBFcytK5Rn0xUo20KTE1JlnfxHNJjUuJEwsLHLV1a9yRE 

 

 


COMMON PARENTING MISTAKES : Dr Baikuntha Raman Subedi (Clinical Psychologist)


 COMMON PARENTING MISTAKES

-अरुसंग बढी तुलना गर्दा बालबालिकाहरु पछी इर्ष्यालु र स्वार्थी बन्न सक्छन।
- सानो गल्तीमा ठुलो सजायँ दिंदा -झूठ बोल्ने हुन्छन।
- दैनिक जीवनमा सम्भव साना साना बिषयमा बालबालिकालाई रोज्ने वा निर्णय लिने अवसर दिएनौं भने अरुमा आश्रीत तर लोभी बन्न सक्छन।
- Rudeness बालबालिकाले प्राय: कोही अभिभावक वा नजिकको मान्छेबाट नै सिक्ने हो।
- यसैगरी, कहिल्यै गल्ती गर्नु हुँदैन भन्ने भावना विकास गरिदिनु - Perfectionist सोच मार्फत पछि Anxiety र Depression को कारण बनिदिन सक्छ।
- बालबालिकाको सानो सानो उपलब्धिमा तारिफ गर्दा ठूलो प्रयास गर्दैनन् भन्ने सोच्नु एक गलत धारणा हो।
- सजायँ गल्तीको प्रकृतिमा नभै हाम्रो मुडमा भर पर्नु अर्को प्रमुख अभिभाबकिय कमजोरी हो। ... Many More about PARENTING ISSUES in this VIDEO

Link
https://www.facebook.com/100000273654387/videos/2922250634460696/

Stress Management Training for Traffic Officers